मनोरञ्जनमुख्य समाचारसमाचार

‘द केरला स्टोरी’ वर्षको धेरै कमाउने दोस्रो हिन्दी फिल्म, १५६ करोड ६९ लाख भारूको कमाई

Gobal IME Bank

एजेन्सी । बलिउड फिल्म ‘द केरला स्टोरी’ सन् २०२३ मा सबैभन्दा बढि कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ। पहिलो नम्बरमा शाहरूख खानको ‘पठान’ रहेको छ ।

‘पठान’ ले विश्वव्यापी रूपमा १ हजार करोडमाथि कमाइ गरेको थियो भने ‘द केरला स्टोरी’ ले १२ दिनमा १५६ करोड ६९ लाख भारूको कमाई गरेको हो । यो फिल्म ३० देखि ३५ करोड लगानीमा बनेको फिल्म हो।

प्रदर्शनअघि फिल्मको खासै चर्चा नबटुले पनि प्रदर्शनपश्चात भने यसले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ।

फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button