मुख्य समाचारसमाचार

‘यो माया र साथको लागि कृतज्ञ छु’- डा. तोसिमा कार्की

Gobal IME Bank

ललितपुर । ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले कृतज्ञता व्यक्त गर्नुभएको छ । आफ्नो क्षेत्रको मतगणना भईरहँदा डा. तोसिमा कार्कीले आफ्ना शुभचिन्तकहरुलाई कृतज्ञता व्यक्त गर्नुभएको हो ।

यतिबेला ललितपुर क्षेत्र नं ३ को मतगणना हुने क्रम जारी छ । हालसम्मको मतपरिणाम अनुसार कार्की अग्रस्थानमा रहनुभएको छ । कार्कीले हालसम्म २ हजार ४ सय ४९ मत प्राप्त गर्नुएको छ भने एमालेका अमृत खड्का २ हजार ३९ मतसहित दोश्रो स्थानमा हुनुहुन्छ ।

यता नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल भने एक हजार २ सय ५० मतसहित तेश्रो स्थानमा हुनुहुन्छ । कार्कीले सामाजिक सञ्जालमा लेख्दै कृतज्ञता व्यक्त गर्नुभएको हो ।
डा. तोसिमा कार्की लेख्नुहुन्छ: 

धेरै भन्दा धेरै शुभेक्षा, शुभकामनाका सन्देश तथा फोनहरु आईहेको छ | हजुरहरु सबैले दिईरहनुभएको यो माया र साथको लागि कृतज्ञ छु | कृपया चुनावी अपडेटको लागी Dr. Toshima Karki पेजमा जोडिन सक्नुहुनेछ |

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button