मुख्य समाचारसमाचार

देश जोगाउनु छ भने राजनीति गर्नैपर्ने रहेछ महसुस भयो- डा. तोसिमा कार्की

Gobal IME Bank

काठमाडौं । सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले देश जोगाउनु छ भने राजनीति गर्नैपर्ने रहेको महसुस भएको र आफ्नो पार्टी अहिले सारा नेपालीको आशाको रुपमा उदाईरहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै डा. तोसिमा कार्कीले यस्तो बताउनुभएको हो ।

डा. तोसिमा कार्की लेख्नुहुन्छ:

”मैले अन्य दलहरुमा आवद्द रही काम गरेको भनि धेरै ठाउँमा सन्चार तथा सन्जालहरुमा समेत टिका टिप्पणि र प्रशनहरु पाएँ| बुवा आमाले सधैँ राजनितिबाट टाढा बस है छोरी भन्नुभयो| आफ्नै मेहनत र लगन ले डाक्टर भए| जनरल सर्जन भए| म कुनै पनि पार्टीमा कहिल्यै पनि आवद्द थिईन तर आम जनस्वास्थ्य र स्वास्थयकर्मीका जायज मुद्दाहरु थुप्रै नेतृत्व गरे स्वतन्त्र रहेरै| भ्रष्टाचार, वेथिती र अन्याय विरुद्द सधैँ उभिने हिम्मत गरे| हामीले मेडिकल क्षेत्रको भ्रष्टाचर विरुद्द अभियान तथा सर्वोच्चमा मुद्दाहरु लड्यौँ र जित्यौँ पनि| डा. गोबिन्द केसीलाई समेत पर्टिको झोले भन्न भ्याउछन् मान्छेहरु ! उहाँ न कुनै पार्टिको हुनुहु्थ्यो न हुनुहुन्छ| विशिष्ट पुजनीय व्यक्ति उहाँसँग हरेक अभियानमा सँग सँगै हिडेँ, उभिए| स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि कानुन पनि बनाउन सफल भयौँ| तत्पश्चात मेडिकल काउन्सीलमा पनि निर्वाचित भयौँ| कुनै पनि पार्टिगत राजनिति गर्दिन भनेको व्यक्ति म, होइन देश जोगाउनु छ भने राजनिती गर्नैपर्ने रहेछ महसुस भयो|
अनि सुरु गर्यौँ राजनैतिक यात्रा| अन्य दलले नसकको सायद, यो “स्वतन्त्” भन्ने शब्दले पनि होला मलाई राष्ट्रीय स्वतन्त्र पार्टीले मलाई समेट्न सकेको| यो पार्टी अहिले सारा नेपालीको आशाको रुपमा उदाईरहेको छ| सफा राजनितीको रुप रेखा अनि स्वाद जनतामा छर्न खोजिरहेको छ| त्यसैले आम युवा वर्गहरुले सुद्द र सफा राजनितीमा चासो राख्नुपर्छ, सहभागी हुनुपर्छ, आफूले चाहेको जस्तो देश हामी आफैले निर्माण गर्नुपर्छ भन्ने विश्वास राख्दछु| हामी गर्न सक्छौँ| एक र एक जोडेर ११ बनाउनेछौँ| हातेमालो गरेर त हेर्नुस्| | त्यो साथको हातहरु कहिल्यै पछुताउने छैनन्| 😊 जय घण्टी| 🔔

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button