समाचार

ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सीताराम ललितपुर महानगर प्रहरी प्रमुखमा नियुक्त-goodnews24

Gobal IME Bank

काठमाडौं । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्व निरीक्षक सीताराम हाछेथूलाई नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ। हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारी सहित महानगरले आइतबार नियुक्त गरेको हो। ट्राफिक व्यवस्थापन, सरसफाइ र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने हाछेथूले बताउनु भएको छ। २९ वर्ष ट्राफिक व्यवस्थापनमा बिताएका उनी २०७५ साल मंसिर महिनामा नेपाल प्रहरीबाट सेवा निवृत्त हुनु भएको थियाे । उहाँले महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयनमा विज्ञका रुपमा काम गर्नु हनेछ। महानगरपालिकाका नगर प्रहरीको काम कारबाही अझै चुस्त बनाउन हाछेथूलाई नियुक्त गरेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको भनाइ रहेको छ । यस्तै हाछेथूले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यस अघि हाछेथूले कालिमाटी, कोटेश्वर, गौशाला, भक्तपुर, ललितपुरमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियाे। नगर प्रहरीमा सुरक्षा क्षेत्रमा लामो समय अनुभव भएका व्यक्तिहरूलाई नियुक्ति गर्ने चलन रहेको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button