मनोरञ्जनमुख्य समाचारसमाचार
यूएईविरुद्ध नेपालको शानदार जित, एकदिवसीय मान्यता कायमै


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईविरुद्धको आजको खेलमा नेपाल १७७ रनले विजयी भएको छ । यो संगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई ४ वर्ष (सन् २०२७) सम्मका लागि निरन्तरता दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आजको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा अल आउट हुँदै यूएईलाई २४९ रनको लक्ष्य दिएको थियो ।
तर जम्मा ७१ रन बनाउँदै यूएई २२.५ ओभरमा अलआउट भयो ।
नेपालको यो लगातार दोस्रो जित हो ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्