Tuesday , 21 September 2021

भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला -GoodNews24

काठमाडाैँ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने सो मेला यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ग्रुपले आज यहाँ पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दाबढी कलाकारले भाग लिने जानकारी दिएको छ ।

मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, सङ्गीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । मेला काठमाडौँ, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle