समाचार

सेनाको जलउद्धार प्रदर्शन -GoodNews24

Gobal IME Bank

चितवन, १३ जेठ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थितिमा प्रदर्शनी गरिएको हो । सो अवसरमा विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा भएका तालिम खोज तथा उद्धार कार्यको दौरान खटिदा सिकेका पाठ तथा नेपाली सेनासँग उपलब्ध स्रोत एवं साधन व्यवस्थापन क्षमतामा आधारित प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीका क्रममा नारायणी नदीमा पल्टिएको डुङ्गाका यात्रुको शकुशल उद्धार गरी देखाइएको थियो । उद्धारमा उपयोग हुने महत्वपूर्ण आधुनीक उपकरणहरुका बारेमा जानकारी गराइएको थियो । उद्धारमा सहभागीहरुलाई निर्देशन दिँदै ढकालले नेपाल भौगोलिक हिसाबले सम्वेदनशील भएकाले जुनसुकै बेला जहाँ कही विपद् पर्न सक्ने भन्दै सिकेको सीपलाई उपयोग गर्न तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । नेपाली सेनामाथि आमनागरिकको विश्वास रहेको भन्दै उहाँले विपद्मा साथ दिनका लागि तालिमबाट अधिकतम सीप लिएर कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । विपद् व्यवस्थापन गण नम्बर २ विपद् व्यवस्थापन गण, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, कालिबहादुर गण र सिंहनाथ गण कमाण्डोद्वारा संयुक्त रुपमा प्रदर्शनी गरिएको हो ।

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत काठमाडौँमा रहेको गणले पूर्व र चितवनमा रहेको २ नम्बर गणले पश्चिममा विपद्मा उद्धारमा खट्ने गर्दछ । नेपाली सेना सबै खालका विपद्का समयमा उद्धारमा जुट्ने गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button