मुख्य समाचारसमाचार

उच्च तापक्रम कहिले सम्म ? मौसम पुर्वानुमान महाशाखा यसो भन्छ

Gobal IME Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरको अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जनाएको छ। देशको तराईका केही भू–भागमा तातो हावा ‘लू’ चलिरहेको विभागले जनाएको छ।

सोमबार पनि विराटनगर, जनकपुर र भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बुधबार विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री माथि मापन भएको थियो।

सोमबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्नु अनुमान गरिएको छ। बिहान सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button