अन्य

गाँजा सेवनबाट हुने केहि फाइदा तथा बेफाइदाहरू -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । शिवरात्रिकाे दिन कयाैँ मानिसहरू गाजाँबाट बनाइएका विभिन्न पिरकारका मिठाइहरू खाने गर्दछन्र ।
नेपाल सरकारकाे कानुनले गाँजा सेवनलाइ अवैध माने पनि विशेषा शिवरात्रिकाे दिन प्रसादकाे रूपमा गाँजा, भागँ खाने गर्दछन्। गाँजा, भाङ जस्ता नशालु पदार्थलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन।

वैज्ञानिकका अनुसार गाँजाको पातमा ८० भन्दा बढी प्रकारका तत्वहरु पाइन्छ । जुन बेलायतमा भएको अध्ययनमा आधारित हो ।
गाँजाको हरियो पातहरुमा केहि त्यस्ता रसायन हुन्छन् । जसबाट धेरै प्रकारका स्वास्थ्य फाइदाहरु प्राप्त हुन्छ ।

फाइदाहरु :
टिएचसी तत्वले विशेषगरी व्यवहार, चेतना, स्वभाव, मनस्थिति र अनुभव गर्न सक्ने क्षमतालाई सक्रिय बनाइदिन्छ । विशेषगरी गाँजालाई प्राकृतिक चिकित्सा विज्ञानले दुखाई कम गर्ने र पाचन प्रणाली मजबुत गर्ने जडिबुटि औषधिको रुपमा प्रयोग गरिन्छ । तर यसको दुरुपयोग बढेपछि यसको विकल्पको रुपमा अन्य एलोप्याथिक औषधि प्रयोग गर्ने चलन बढेको विज्ञहरुको तर्क छ ।
क्यान्सरका बिरामीहरूलाई गाँजामा हुने क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि दिने गरिन्छ। क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामीहरूलाई यस्तो औषधि प्रयोग गर्दा उनीहरूको शरीर लठ्ठ पर्ने हुँदा क्यान्सरका कारण हुने दुखाइलाई कम गर्न यस्तो औषधि प्रयोग गर्ने गरिन्छ। क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि प्रयोग गर्नाले खुसी अनुभव गराउने, आनन्द महसुस गराउने, तनाव घटाउने, निद्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ। गाउँघरतिर अझै पनि चौपाया पशुहरूलाई अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ।

बेफाइदाहरू :
गाँजा धेरै प्रकारका क्यानाबिनोइड हुने गर्दछन्। यस्ता रसायनहरू हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई असर पुर्‍याउने गर्छ। गाँजा सेवन गर्ने कोही हासेको हास्यै गर्छन् भने कोही रोएको रोयै गर्छन्।
धेरै गाँजा सेवन गर्नेहरूलाई अत्यधिक वान्ता हुने, टाउको दुख्ने हुने हुँदा मानिसलाई नराम्रो असरसमेत गर्ने गर्छ। गाँजाको प्रभाव प्राय: गाँजा सेवन गरेको २/३ मिनेटदेखि सुरु हुने गर्छ भने गाँजा सेवन गरेको ३० मिनेटभित्र यसको प्रभाव चरम विन्दुमा पुग्ने गर्छ।
तर गाँजाको प्रभाव सबै मानिसमा एकै समयमा हुन्छ भन्ने हुँदैन, मानिसको शारीरिक अवस्थाका कारण यसको प्रभाव फरक फरक समयमा हुने गर्दछ।
गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसम्म गराउन सक्छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button