गुड न्यूज 24समाचार

जाडो महिनामा गर्भवती महिलाहरुले आफ्नो ख्याल कसरी राख्ने ? टिप्सहरु

Gobal IME Bank

काठमाडौं । गर्भावस्था हरेक महिलाहरुको जीवनको सबैभन्दा महत्वपुर्ण र राम्रो क्षण हो तर यतिबेला महिलाहरुले आफ्नो शरीर र स्वास्थ्यको ख्याल बढि राख्नुपर्ने हुन्छ । गर्भावस्थाको समयमा शारीरिक र हार्मोनल परिवर्तन भइ रहेको हुन्छ त्यसैले यतिबेला महिलाहरुमा शारीरिक र मानसिक तनाव हुने सम्भावना बढि हुन्छ । गर्भवती जाडो मौसमको समयमा भईरहेको हो भने गर्भवती महिलाहरुले आफ्नो ख्याल बढि नै राख्नुपर्छ ।

चिसो मौसमको कारणले गर्दा जाडोमा रुघाखोकी, ज्वरो र इन्फेक्सनहरुबाट मानिसहरु छिट्टो संक्रमित हुन्छन् र हावामा मोइस्चरको कमी हुने कारण ड्राईनेस हुन्छ । जाडो मौसमको बेलामा गर्भवती महिलाहरुले आफ्नो प्रतिरक्षा प्रणाली बढाउनको लागि पोषिलो आहारहरु सेवन गर्ने र पर्याप्त मात्रामा पानी, तरल पदार्थहरु खाएर हाईड्रेटेड रहनुपर्छ र आफ्नो स्किनलाई पनि हाइड्रेटेड राख्नुपर्छ । चिसो मौसम गर्भवती महिलाहरुको लागि जोखिमपुर्ण हुन्छ तर यतिबेला आफ्नो ख्याल राम्ररी राख्न सक्यो भने जाडो महिना सजिलै कट्न सक्छ ।

१) विन्टर ज्याकेट
जाडो मौसमको समयमा सहज र तातो भएर बस्नु अत्यन्तै आवश्यक कुरा हो । गर्भवती महिलाको शरिरमा परिवर्तन आउने हुनाले नयाँ ज्याकेट लिनु राम्रो विचार हो । आफ्नो पुरानो कपडा लगाएर जाडोमा बस्न गर्भवती महिलाहरुको लागि सहज हुँदैन किनभने उनिहरुको शरीरमा परिवर्तन आएको हुन्छ र केही महिनाको लागि ब्लेजर वा कोटहरु किन्नुको सट्टा ज्याकेट किन्दा आफ्नो लागि फाइदाजनक हुन्छ । आफुलाई राम्रो सित ढाक्ने र तातो बनाउने कपडा लगाउदा जाडोमा चिसो, रूघाखोकी लाग्नबाट बच्न सकिन्छ ।

२) पर्याप्त मात्रामा पानि पिउने
जाडो महिनामा चिसो मौसम हुने कारण मान्छेहरुले पानि पिउन बिर्सिरहेका हुन्छन् वा पिउदैनन् जुन गर्भवति महिलाहरुको लागि लाभदायी होइन । जाडो मौसममा हावा ड्राइ हुने कारण पानि धेरै मात्रामा पिउनुपर्छ । पानीको सट्टा अन्य किसिमको जुसहरु पिउँदा गर्भवती महिलाको शरीरको लागि हानिकारक हुन्छ । नरिवल पानी वा विभिन्न फ्रुट जुस पिउदा फाइदाजनक भए पनि पानी हाम्रो सिष्टमलाई हाइड्रेटेड राख्ने राम्रो स्रोत हो । यदि पानी पिउनको लागि रिमाइन्डर चाहिने भए हाम्रो मोबाइलमा नै विभिन्न एपहरु टाइमर सेट गर्नको लागि भेटिन्छ । चिसो पानी पिउन गाह्रो लागेको हो भने पानी तताएर मनतातो भएपछि पिउने । गर्भावइस्थामा शरीरमा धेरै मात्रामा पानी चाहिने हुन्छ त्यसैले पर्याप्त मात्रामा पानी पिउने बान िबसाल्ने । गर्भवति महिलाहरुले दिनमा १.६ लिटर पान िपिउनुपर्छ डिहाइड्रेसन भयो भने गर्भवत िमहिलालाई प्रसवको समयमा समस्या आउछ र अरु पनि समस्याहरु आउछ ।

३) फ्लुको खोप लगाउने
गर्भवती महिलाहरुले जाडोको समयमा फ्लुको खोप लगाउदा फाइदाजनक हुन्छ । द सेन्टर अफ डिजिज कन्ट्रोलले जानकारी दिए अनुसार गर्भवती महिलाहरुले फ्लुको खोप लगाउदा बच्चा र आमा दुबैको लागि सुरक्षित हुन्छ । जाडोमा फ्लुको खोप लगाउँदा आमा र बच्चा सुरक्षित हुनुका साथै फ्लु कारण हुने कम्प्लीकेसनबाट पनि जोगिन मद्दत मिल्छ त्यसैले जाडो महिनाको सुरुवातमा नै खोप लगाइ हाल्ने ।

४) नियमित रुपमा व्यायाम गर्ने
जाडो मौसमको बेलामा हिड्नको लागि बाहिर निस्किन धेरै गाह्रो कार्य हो किनभने जाडोको बेलामा चिसो हावाको कारणले गर्दा घर बाहिर जान र हिड्न मानिसहरुको लागि गाह्रो भईरहेको हुन्छ । चिसो हावा सिधै मुटुमा छिरेको जस्तो अनुभव हुनुका साथै बढि चिसो भएको बेलामा आँखामा पनि चिसो पस्ने र विभिन्न समस्या आउने हुन्छ । गर्भवती महिलाहरुको लागि त घर बाहिर जानु अझ धेरै गाह्रो हुन्छ तर गर्भवति भएको बेलामा व्यायाम अति आवश्यक हुन्छ त्यसैले वाकमा जानुको सट्टा व्यायामको लागि जिममा जाने वा योगा म्याट र योगा सिडी किनेर घरमा नै व्यायाम गरेर सक्रिय र फिट रहन सकिन्छ ।

५) नियमित रुपमा हात धुने
हामीले कोभिडको महामारीको समयमा नै हात नियमित रुपमा धुनुपर्छ भन्ने कुरा राम्रोसंग सिकिसकेका छौ । जाडोको बेलामा कोरोनाको केस बढ्ने सम्भावना धेरै रहेको र विभिन्न माध्यमबाट अरु पनि किटाणुबाट संक्रमित हुनबाट बच्नको लागि हात राम्रोसँग धुने गर्ने । घर बाहिर गएर आएपछि हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
६) सकेसम्म घर भित्रै बस्ने
गर्भवती अवस्थामा महिलाहरुको शरीर कमजोर र संवेदनशील भईरहेको हुन्छ यतिबेला चिसोमा निस्किनु उनिहरुको लागि हानिकारक हुन्छ चिसोमा हुने किटाणुबाट बच्चा र आमा संक्रमित हुने जोखिम धेरै हुन्छ । चिसो मौसमको कारणले गर्दा गर्भवती महिलाहरुलाई सजिलै रुघा र खोकी लाग्छ यतिबेला शरीर संवेदनशील भइरहेको हुन्छ जसको कारणले गर्दा वातावरणमा आएको परिवर्तन र चिसो मौसममा शरीरलाई एडजस्ट गर्न समय लाग्छ त्यसैले चिसो मौसममा गर्भवती महिलाहरु घरबाट बाहिर ननिस्कने ।

७) रुघाखोकी लागेको बेला जचाँउने
धेरै गर्भवति महिलाहरु बच्चालाई असर गर्छ भनेर रुघाखोकी लागेको बेला औषधी खाँदैनन् जुन कुरा स्वभाविक पनि हो तर रुघाखोकी लागेको तिन दिन भन्दा बढि भएको छ भने डाक्टरलाई देखाउने र डाक्टरको सल्लाह अनुसार औषधी सेवन गर्ने ।

८। मोइस्चराइजरको प्रयोग गर्ने
गर्भवती भएको बेलामा शरीरमा हुने हार्मोनल परिवर्तनको कारण छालामा पनि धेरै बदलाव आइरहेको हुन्छ भने चिसो मौसमको कारण छाला ड्राई हुन्छ । छाला ड्राई भएपछि चिलाउने समस्या आउछ जाडोको बेलामा छालालाई पनि एक्स्ट्रा केयर चाहिन्छ विशेष गरी गर्भवति भएको बेलामा । नुहाउदा मनतातो पानीको प्रयोग गर्ने र तातो पानीले ननुहाउने र नुहाइसके पछि मोइस्चराइजरको प्रयोग गरिहाल्ने । कुहिनो, हात, पेट र छातीमा बढि मात्रामा मोइस्चराइजर लगाउने जसको कारण गर्भवति भएको समयमा छालाको समस्या आउदैन ।

९) खानामा ध्यान दिने
जाडोको बेलामा धेरै किसिमको किटाणुहरु उत्पन्न हुन्छन् जसको कारणले गर्दा धेरै किसिमको रोगहरु पनि बढिरहेको हुन्छ। यो वर्ष भरिको त्यो समय हो जुनबेला पर्याप्त मात्रामा फलफुलको सेवन गर्नु पर्छ । गर्भवती महिलाहरुले जाडोको समयमा पर्याप्त मात्रामा ताजा फलफुल र तरकारीहरु खानुपर्छ जसको कारण शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ र किटाणुहरुसँग लड्न मद्दत मिल्छ । फलफुल पर्याप्त मात्रामा खाँदा शरीर हाइड्रेटेड पनि भई रहन्छ साथै दुधमा केसर मिसाएर पिउँदा हाम्रो शरीरको सुरक्षा र तातो रहन मद्दत गर्छ । प्रतिरक्षा प्रणाली बुस्ट गर्नको लागि दही, पालक, बदाम, ब्रोकाउली, फ्याटी फिस, अदुवा, लसुन, इन्डियन गोसबेरी, इत्यादी पनि खाने गर्ने ।
गर्भवती महिलाले जाडोमा यी विभिन्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button