समाचार

के-के हुन रजोनिवृतिका लक्षण र असरहरु ? पढ्नुहोस्….

Gobal IME Bank

काठमाडौँ । रजोनिवृतिको बारेमा धेरै व्यत्तिहरुलाई ज्ञान छैन तर यसबारे हरेक महिलालाई ज्ञान हुन अत्यन्त जरुरी छ । धेरै जसो महिलाहरुलाई उनीहरुको महिनावारी कुनै उमेर पुगे पछि रोकिन्छ भन्ने मात्र थाहा छ तर यसका लक्षण र असरको बारेमा भने थाहा छैन ।

रजोनिवृति भन्नाले महिलाहरुको जीवनमा महिनावारी हुन रोकिने प्रक्रिया हो । महिलाहरुको शरीरमा प्रजनन क्षमता कम हुँदै गए पछि रजोनिवृति सुरु हुन्छ । १२ महिना महिनावारी नभए पछि ४० वर्ष भन्दा बढी उमेरको महिलाहरुले रजोनिवृति भएको भनेर बुझ्नुपर्छ । यो प्राकृतिक प्रक्रिया हो । रजोनिवृति ४० वर्ष भन्दा कम उमेरको महिला वा ५० वर्ष भन्दा माथि उमेर पुगेको महिलामा हुने गर्छ । ४० भन्दा कम उमेरको १ प्रतिशत महिलामा रजोनिवृति सुरु हुन्छ भने ५ प्रतिशत ४० देखि ४५ वर्षको महिलामा सुरु हुन्छ । रजोनिवृति एक रातमा नै सुरु हुदैन रजोनिवृति सुरु हुने प्रक्रियालाई पेरीमेनोपजल ट्रान्जिसन भनिन्छ । पेरीमेनोपज रजोनिवृति सुरु हुनु भन्दा अगाडी हुने प्रक्रिया हो ।

पेरीमेनोपज रजोनिवृति सुरु हुनु भन्दा वषौँ अगाडी देखि सुरु भइरहेको हुन्छ । पेरीमेनोपज ट्रान्जिसन प्राय महिलाहरुमा ४ वर्ष अगाडी देखि हुन्छ भने थोरै महिलाहरुमा १० वर्ष अगाडी देखि भइरहेको हुन्छ । पेरीमेनोपज ट्रन्जिसन महिलाहरुको जीवनशैली अनुसार हुने गर्छ । यतिबेला महिलाहरुको महिनावारी केही महिना बन्द हुने र फेरी सुरु हुने गर्छ र रक्त प्रवाह धेरै वा कम हुने गर्छ ।

रजोनिवृति महिलाहरुमा प्रजनन हार्मोनहरु कम हुँदै जाने कारणले गर्दा हुन्छ । यो बेलामा महिलाहरुको अण्डाशयमा हुने कार्यहरु बन्द हुन्छ र महिलाहरु गर्भवती हुने प्रक्रिया पनि बन्द हुन्छ । प्रजनन ग्रन्थिहरु महिलाहरुको पेल्भिस भएको क्षेत्रमा भएको अण्डाशयबाट बनेको हुन्छ । यो गर्भाशयको दुवै भागमा हुन्छ । अण्डाशयमा अण्डा र एस्ट्रोजन उत्पादन भईरहेको हुन्छ र हरेक महिना महिलाहरुको रजस्वला भइरहेको बेलामा अण्डा निस्किने गर्छ । अण्डा फेलोपियन ट्युबबाट गर्भाशयमा पुग्छ र यसले गर्दा सक्रिय डिम्बग्रन्थिहरु कम हुँदै जान्छ । डिम्बग्रन्थिको कारणले गर्दा महिनावारी हुने र प्रजनन क्षमता बढाउने कार्य हुन्छ । सक्रिय डिम्बग्रन्थि कम हुँदै गए पछि रजोनिवृति सुरु हुन्छ ।

रजोनिवृति अण्डाशय अपरेसन गरी निकालेको महिलाहरुमा, क्यान्सर किमोथेरेपी र रेडीयसन थेरेपी गरेको महिलामा हुँदैन । ४० वर्ष भन्दा कम उमेरमा रजोनिवृति सुरु हुने प्रक्रियालाई प्रिमेच्योर ओभेरीयन कन्डिसन् भनिन्छ र यो अटोइम्युन वा जीनको कारणले गर्दा हुन्छ । रजोनिवृति सुरु हुँदा महिलाहरुलाई फरक फरक किसिमले प्रभावित गरिरहेको हुन्छ ।

संकेत र लक्षणहरु
एस्ट्रोजनको लेभल कम हुँदै जाने कारण योनि रेखा पातलो हुँदै जान्छ जसको कारणले गर्दा योनि सुख्खा हुने समस्या रजोनिवृतिको समयमा महिलाहरुमा देखा पर्छ । यसको कारणले गर्दा योनिमा इन्फेक्सन हुने समस्या र यौन सम्बन्धमा पनि समस्या आउन थाल्छ । रजोनिवृति सुरु भएपछि महिलाहरु थकित महसुस गर्छन् र उनीहरुमा मुड बदलिरहने समस्या उत्पन्न हुन थाल्छ । उनीहरुमा अनिद्राको पनि समस्या आउन थाल्छ ।

कपाल पातलो हुँदै जाने वा झर्ने , केही महिलाहरुमा मोटोपनको पनि समस्या आउन थाल्छ । शरीरको केही भागमा जस्तै घाँटी, अनुहार, ढाड र छातीमा कपाल धेरै आउने समस्या आउन थाल्छ । रजोनिवृति सुरु भए पछि हट फ्लासको समस्या महिलाहरुमा आउन थाल्छ यसो हुदा शरीरको माथिल्लो भाग वा पुरै शरीर अचानक तातो भएको महसुस हुने हुन्छ । यो ३० सेकेन्ड देखि १० मिनेट सम्म हुन्छ र हट फ्लास हप्तामा १ चोटि अथवा एक दिनमा २० पटक सम्म हुने गर्छ । नाइट स्वेट , युरिनरी इन्कन्टिनेन्स , जोड्नी र मांसपेसीहरु दुख्ने इत्यादि समस्याहरु आउने गर्छ । रजोनिवृति पछि महिलाहरुमा मुटुको रोग र ओस्टियोपोरोसिस हुने जोखिम बढ्छ त्यसैले स्वस्थ आहार खाने , सक्रिय रहने र हड्डीको स्वास्थ्यको लागि क्याल्सियम पाइने खाना बढी खाने बानी बसाल्ने गर्नुपर्छ ।

रजोनिवृति प्राकृतिक प्रक्रिया हो त्यसैले यसको उपचार हुदैन । उपचार नै नभए पनि चिकित्सकको सल्लाह लिएर हार्मोन थेरेपी लिँदा हट फ्लास र नाइट स्वेटको समस्या केही मात्रामा कम हुन्छ । कपाल झर्ने, अनिद्रा र सुख्खा योनिको समस्याको लागि केही औषधी पनि पाइन्छ । अनिद्राको लागि स्लिपिङ पिल्स चिकित्सकको सल्लाह लिएर मात्र उपभोग गर्ने । हरेक दिन २० देखि ३० मिनेट व्यायाम गर्दा पनि मुड ठीक बनाउन मद्दत मिल्छ ।

महिनावारी हुने प्रक्रिया महिलाहरुको जीवनको महत्वपुर्ण प्रक्रिया हो त्यसैले पनि रजोनिवृति भए पछि विभिन्न परिवर्तनको कारणले गर्दा महिलाहरुमा मानसिक रुपमा नकारात्मक असर भईरहेको हुन्छ । यसो हुँदा महिलाहरुले रजोनिवृतिको सकारात्मक पक्षमा बढी ध्यान दिन जरुरी छ । रजोनिवृति भए पछि हरेक महिना रजस्वला हुने र पेट दुख्ने समस्या झनझटबाट मुक्त भइन्छ । अनावश्यक गर्भावस्था हुने जोखिम पनि हुँदैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button