मनोरञ्जनसमाचार

तयार भयो विश्वको पहिलो वायरलेस टेलिभिजन

Gobal IME Bank

एजेन्सी । इलेक्ट्रोनिक्स कम्पनी एल जी ले ९७ इन्चको वायरलेस टिभी लन्च गरेको छ । वायरलेस टिभीको उत्पादन अरु इलेक्ट्रोनक कम्पनीले पनि गरिरहेको छ ।

एलजी कम्पनीको यो टिभी निकै ठुलो यसलाई भिडियो वल पनि भन्न सकिन्छ । यो टिभी कनेक्ट गर्नको लागि पावर केबलको आवश्यकता पर्छ जसको कारणले गर्दा यसलाई पुरै वायरलेस टिभि भन्न मिल्दैन । यसै गरी सिएसआईमा ५५ इन्चको वायरलेस डिसप्लेस नामको टिभीको पनि प्रदर्शनमा राखिएको छ ।

यो टिभीलाई कनेक्ट गर्नको लागि कुनै पावर केबल वा तारको आवश्यकता पर्दैन । डिसप्लेस टिभि ५५ इन्चको 4K टिभी हो र यसको तौल २० पाउन्ड हुन्छ । यसमा झिक्न र राख्न मिल्ने किसिमको लिथियम आयोन ब्याट्री हुन्छ । टिभी भित्र यो ब्याट्री चारवटा हुन्छन् र यसलाई चार्ज गरेर चलाउनु पर्छ ।

चारवटा ब्याट्री पुरा चार्ज भएपछि एक महिना भरी दिनमा ६ घण्टाको लागि टिभी चलाउन सकिन्छ । यो वायरलेस टिभीको माथिपट्टि क्यामेरा हुन्छ जसको कारणले हामीले सेन्सरको रुपमा हातको हाउभाउबाट र आवाजको माध्यमबाट पनि टिभीलाई चलाउन सक्छौ । टिभीमा हुने यो सेन्सर क्यामेरालाई प्राइभेसीको लागि टिभी भित्र राख्न पनि मिल्छ ।

यो टिभीमा एक किसिमको सक्सन पम्प सिस्टम हुन्छ, जसको कारणले गर्दा हामीले टिभीलाई जता पनि सझिलै जोड्न वा टाँस्न सक्छौ यो टिभिलाई सिसामा पनि जोड्न सकिन्छ ।

यो टिभिमा चार वटा टेलिभिजन जोड्न मिल्छ र यसले एउटा टिभी जस्तै काम पनि गर्छ । ११० इन्चको डिसप्लेमा ४ वटा टिभी चलाउन मिल्छ भने २२० इन्चको डिसप्लेमा १६ वटा टिभी चलाउन मिल्छ । तर यो वायरलेस टिभीमा रिमोट भने हुँदैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button