अन्यसमाचार

अव काठमाडाैंका सडकमा भिख माग्न नपाउने

Gobal IME Bank

२५ मंसिर, काठमाडाैं । काठमाण्डौका खुला फुटपाथ तथा सडकमा माग्नेहरुको कमि छैन । माग्ने मात्र होइन नदिए खुट्टामै झुण्डिन समेत आउछन । सडक छेउ माग्न बस्नेहरुले एक किसिमले सडक नै कुरुप बनाएका छन् यसै त पैदल हिड्नेको भिड त्यहि माथि माग्नेहरुको बिग बिगी । मुलुकी अपराधसंहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र गरेमा सार्वजनिक अपराध मानिने उल्लेख भए संगै अब काठमाण्डौका सडकमा खुलेअाम भिख माग्न रोक लगाइने भएको छ । असहाय दुखि गरिब र आफ्ना नभएकाहरुले यसरी भिख माग्ने भए पनि आजकल कसै कसैले भिख माग्नुलाई व्यवसाय नै पनि बनाएका छन् । खुलेयाम भिख माग्न पाउने भएपछी अल्छिहरु पनि भिख मागेरै जीवनयापन गर्न थालेको देखिन्छ । नेपालको कानुन अनुसार सार्वजनिक ठाउँमा भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजार रुपैयाँसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने संहितामा रहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले अब भिख माग्न नपाउने तर वास्तविक, असहाय, बेसहारा तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी मानवसेवा आश्रममा लगेर संरक्षण गरिने छ । उनीहरुमध्ये परिवार पत्ता लागेकालाई पुनःमिलन गराइने छ । उक्त कार्यमा कामपाले आश्रमसँग सहकार्य गर्ने जानकारी दिए । प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने स्पष्ट व्यवस्था भए अनुसार असहाय अशक्तहरुको उद्दार र संरक्षण गरिनेछ । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर संयुक्त रुपमा अभियान अघि बढाउँदै छन् । अभियानका लागि ‘भोकै कोही पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने नारा तय गरिएको छ ।
काठमाडौं महानगरपालिकाले ल्याएको यो योजनाले सफल भए अबको केही दिनमै काठमाडौंका सडक माग्नेरहित हुने छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button