समाचार

चार पत्रकारसहित १४ जना सम्मानित

The Best 14 Personalities!

Gobal IME Bank
युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ । राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन् ।
राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ वि विएल राइज फाउण्डेशन, पर्यटन पर्वद्र्धनतर्फ सिर्जना ओली, समाज सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दिपेन्द्र नेपाली तथा स्वास्थ्यतर्फ डा राम थापा क्षेत्री रहेका छन् । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
यसैगरी सम्मानित हुने सञ्चारकर्मीमा विनोद घिमिरे (दाङ), मेनुका ढुङ्गाना (अछाम), प्रकाश सिंह (बाजुरा) र केशरबहादुर रोका (प्युठान) रहेका छन् । युवा पत्रकारिता पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।
सम्मानित भएकाहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सम्मानपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यलगायतको सहभागिता थियो । मन्त्रालयले हरेक वर्ष देशभरबाट पत्रकार तथा अन्य प्रतिभा छनोट गरेर सम्मान गर्दैआएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button