शिक्षा स्वास्थसमाचार

महिलाले खानैपर्ने भिटामिनहरु

Gobal IME Bank

नेपालमा महिला, बालबालिका एवं जेष्ठ नागरिकहरु अझैपनि उचित पोषण पाउनबाट बञ्चित छन् । यसमा पनि अझै महिलाहरु आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिँदैनन् । अझै पनि कतिपय घरका महिलाहरुले मुखिया वा ठुलाबडाले खाना खाइसकेपछि मात्र अन्तिमा खाना खाने चलन छ । महिलाहरूमा मधुमेह, उच्च रक्तचाप , थाइराइड, भिटामिन बी, बी ६, बी १२, भिटामिन डी, सी, मोटोपना, स्तन क्यान्सर , पाठेघरको मुखको क्यान्सर , मेनोपज, एप्निया (निन्द्रा नलाग्ने), हाड खिइँने, कमजोर हुने, ढाँड दुख्ने जस्ता स्वास्थ्य समस्या हुने गर्छ ।

महिला स्वंयम् आफ्नो स्वास्थ अवस्थाबारे सचेत हुनुपर्छ । कुनै रोग वा स्वास्थ्य समस्या भए तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । आफूखुशी जथाभावी औषधी सेवन गर्नुहुँदैन । शारिरिक, मानसिक, उमेर र रुचि अनुसार काम गर्नुपर्छ । महिलाहरुले आफ्नो दैनिक जीवनमा सन्तुलित भोजन सेवन गर्ने बानि बसाल्नु पर्छ ।

स्वस्थ शरीरका लागि भिटामिन अत्यावश्यक हुन्छ ।शरीरमा भिटामिनको मात्राले हामीलाई विभिन्न किसिमका रोगको जोखिमबाट बचाउँछ । अमेरिका स्थित एउटा रोग नियन्त्रण केन्द्रका अनुसार भिटामिनमा सुक्ष्म पोषक तत्व एवं खनिज पदार्थ पाइन्छ, जसले महिलाको हर्मोन, तन्तु, रक्त कोषिकाहरुको वृद्धि विकासमा मद्दत पुर्याउछ ।

भिटामिन र यसका स्रोत:

भिटामिन A
भिटामिन ए ले आँखा, छाला, हड्डी र तन्तु आदिलाई फाइदा गर्छ । पहेँलो फलफूल र तरकारी भिटामिन ए का मुख्य स्रोत हुन् । गाँजर, फर्सि, मेबा, आप, आरु र खुर्पानी आदि दैनिक भोजनमा समावेश गरि सेवन गर्दा शरिरलाई फाइदा मिल्छ ।

भिटामिन B1 (थाइमिन)

भिटामिन B1 ले शरिरको मेटाबोलिज्म र चिल्लो पदार्थलाइ उर्जामा परिणत गर्ने काम गर्छ । चिल्लो रहित मासु, बदाम, ओटस, चोकर सहितको पिठो र अन्नहरु भिटामिन बी १ का मुख्य स्रोत हुन ।

भिटामिन B (राइबोफ्लाविन)

भिटामिन B ले विभिन्न किसिमका रोग सँग लड्ने शक्ति, क्षमता र सुरक्षा प्रदान गर्छ । दूध तथा दूधबाट बनेका परिकार, दही, पनीर, ओखर र हरियो सागपात भिटामिन B का मुख्य स्रोत हुन ।

भिटामिन B3 (नाइसिन)
भिटामिन B3 ले मुटु र यसका धमनीलाइ बचाउने काम गर्छ । गेडागुडी, दाल, माछा र अण्डा भिटामिन बि ३ का उत्तम स्रोत हुन ।

भिटामिन B5 (पान्टोथेनिक एसिड)
भिटामिन B5 (पान्टोथेनिक एसिड) ले हर्मोन उत्पादन गरेर रोगसँग लड्ने शक्ति प्रदान गर्छ साथै शरीरमा शक्तिको सञ्चालन गर्छ । ब्रो काउली, चकलेट र सखरखण्ड भिटामिन B6 का प्रमुख स्रोत हुन ।

भिटामिन B6 (बायोटिन)
भिटामिन B6 (बायोटिन) ले हाम्रो शरिरको मेटाबोलिजमका साथै छाला, कपाल , तन्तुलाई चाहिने हार्मोन उत्पादन गर्छ । माछा, मासु, अण्डा, बदाम, र आलु बायोटिन भिटामिन B6  को स्रोत हुन् ।

भिटामिन B9
भिटामिन B9 (फोल्याट)ले स्नायू प्रणलीलाई नियमित कार्य गर्न सहयोग पुर्याउँछ ।

भिटामिन B12 (कोबालामाइन)
भिटामिन B12  (कोबालामाइन) ले रातो रक्तकोषिका, स्नायु ग्रन्थिलाइ स्वस्थ राख्ने काम गर्छ । समुन्द्री माछा, गङगटो , अण्डा , दूध , आदिमा यो भिटामिन पाइन्छ ।

भिटामिन C
भिटामिन C  ले शरीरको तन्तु, छालाको सुरक्षासम्बन्धी तन्तु उत्पादन गर्ने काम गर्छ । यो भिटामिन अमिलो फलफूल र तरकारी सागपातमा प्रशस्त पाइन्छ । अमला, सुन्तला, कागती र सिट्रस फलफुलमा भिटामिन सी पाइन्छ ।

भिटामिन D र क्याल्सियम
यसले हाड्डीलाई बलियो र रोग प्रतिरोधात्मक क्रियालाई संचालन गर्ने काम गर्छ । अण्डाको पहेँलो भाग, दूध, दही , चीज, सामुद्रिक माछा, ओरेन्ज जुस, ओटस , बिफ लिभर आदि भटामिन डि र क्यल्सियमका मुख्य स्रोत हुन ।

भिटामिन K
भिटामिन K मुटु स्वास्थको लागि अत्यावश्यक मानिन्छ । पालुङो, फर्सिको मून्टा, कुखुराको मासु, बिफ लिभर, हरियो सिमी, राजमा, खुर्पानी, सोयाबिन तेल र बन्दामा भिटामिन K प्रशस्त मात्रामा पाइन्छ ।

भिटामिन M (मेलाटोनिन)
भिटामिन M अनिन्द्राको समस्या भएका व्यक्तिका लागि लाभदायक भिटामिन मानिएको छ ।
अमेरिका स्थित रोग नियन्त्रक तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा ७० प्रतिशत व्यक्तिहरुमा अनिन्द्राको समस्या देखिएको छ । दूध, पिस्ता, चेरि, ओटस , च्याउ, तैलिय माछा , मकै र सिमी आदि भिटामिन एमका मुख्य स्रोत हुन ।

राति खान नहुने कुराहरू:
मसलायुक्त खानेकुरा, चकलेट, कफी, गोलभेडा, पिज्जा, अमिलो फलफुल आदि । -Rabina Mangranti

अरू पनि पढ्नुहोस्:

एयरकन्डिस्नरमा २४ घण्टा बस्नु  हानिकारक हुन सक्छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button