समाचार
प्लाज्मा बैंकलाई अभियानको रु. ११ लाख सहयोग-Goodnews24
झापा- नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिका स्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो ।
पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरोना सङ्क्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको प्लाज्मा बैंक सञ्चालनमा अभियानले सो रकम सहयोग गरेको हो । सोमबार रेडक्रसको विर्तामोड कार्यालयमा सञ्चालनमा आएको बैंकमा तीन जनाले प्लाज्मा दान गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]