शिक्षा स्वास्थसमाचार

अनलाइनमार्फत आफ्नो सीप बढाउन प्रयोग गर्नुहोस्

AI TOOLS!

Gobal IME Bank
काठमाडौँ । आफ्नो सीप निखार्न वा क्षमता बढाउनका लागि एआई एकीकृत गरिएका टुल उपयोगी हुन सक्छन् । पछिल्लो समय एआई प्रविधिको प्रयोग बढिरहेको बेलामा यस प्रकारका उपयोगी टुलहरू थपिँदै गएका छन् । चाहे फोटो एडिट गर्न होस् वा कोडिङ सिक्न, ती सबै कामका लागि एआई टुलको मद्दत लिन सकिन्छ । विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने उपयोगी १२ एआई टुलहरु छन् ।
फोटो सम्पादन:
१) इमेज क्रियटर
‘इमेज क्रियटर’बाट प्रोम्टका आधारमा विभिन्न प्रकारका तस्वीर तयार पार्न सकिन्छ। साथै अन्य प्रयोगकर्ताले बनाएका विभिन्न तस्वीरहरू पनि यसमा हेर्न सक्नुहुन्छ । कुनै पनि फोटोको ब्याकग्राउन्ड हटाउने टुल पनि यसमा राखिएको छ ।
२) रिस्टोर फोटोज 
फोटो बिग्रिएको छ, अथवा धेरै पुरानो भएर नराम्रो देखिएको छ भने यो टुलले त्यसको समाधान गर्न सक्छ । यस टुलको प्रयोग गरेर त्यस्ता फोटोहरूलाई केही क्लिकमा नै राम्रो बनाउन सक्नुहुन्छ । फोटो सम्पादन गर्दा चाहिने विभिन्न टुलहरू यसमा संकलन गरिएको छ । यसमा भएको ‘एआई डिजाइनर’बाट विभिन्न प्रकारका डिजाइनहरू एआईको सहयोगमा तयार पार्न सकिन्छ।

भिडिओ सम्पादन:

१) इन भिडिओ
विभिन्न भिडिओहरू बनाउन सहयोग गर्ने यो टुललाई मिडिया, ब्रान्ड वा कम्पनीहरूले प्रयोग गरिरहेका छन् । यसबाट छोटो तथा लामा खालका भिडिओहरू विभिन्न आकारमा बनाउन सकिन्छ ।आफ्नो दर्शकहरूलाई आकर्षित गर्न यो टुल उपयोगी भएको बताइन्छ ।

२) डम्म
छोटो खालका भिडिओ बनाउन यो टुल निकै उपयोगी हुन्छ । कुनै पनि भिडिओ अथवा पोडकास्टबाट त्यस्ता भिडिओ निकाल्न खोजिरहनु भएको छ भने यो टुल काममा लाग्न सक्छ । यसले उक्त भिडिओको क्याप्सन, शीर्षक र विवरण समेत आफैँ उपलब्ध

गराउँछ ।
प्रोडक्टिभिटी:

१) मिडनाइट अलार्म 
यसमा अर्लामसम्बन्धी चाहिने सबै जानकारीहरु दिइएको छ । जसमा डाइनामिङ टाइम रिभ्यू, भोल्युम बुस्ट, क्रिटिकल अलर्ट, अलार्म फोल्डर जस्ता फिचरहरु पनि छ । साथै यसमा मौसम पूर्वावलोकन र क्यालेन्डर समेत दिइएको छ । बारम्बार अलार्म राख्न पर्ने मानिसहरूका लागि निकै उपयोगी हुन्छ ।

लोगो जेनेरेटर:

१) स्टाइलड्रप 
लोगो बनाउन उपयोगी र प्रभावकारी टुलका रूपमा स्टाइलड्रपको प्रयोग गरिन्छ । यसबाट लोगो बनाउन प्रयोगकर्ताले कुनै पनि निर्देशन दिन सक्छन् ।   यसमा रङ, सेडिङ, डिजाइन प्याटर्न लगायत विभिन्न इफेक्टहरू सङ्कलन गरिएको छ । जुन लोगो बनाउँदा उपयोगी हुन्छ ।

२) एटलान्चर 
यो टुलको प्रयोग गरी प्रयोगकर्ताले आफूलाई चाहिएको अर्को टुल बनाउन सक्छन् । यसका लागि टेक्स्ट प्रोम्ट प्रयोग गर्नुपर्ने हुन्छ । कुन कामका लागि सहयोग चाहिएको छ, त्यसै क्षेत्रको टुल यसमा बनाउन सकिन्छ। उदाहरणका लागि लेख्नलाई सहयोगी टुल खोजिरहनु भएको छ भने यसलाई प्रयोग गरेर त्यो टुल बनाउन सकिन्छ। यसमा आफू बाहेक अन्य प्रयोगकर्ताले बनाएको टुल समेत प्रयोग गर्न सकिन्छ ।

३) लुका 
यसमा लोगो बनाउन, वेबसाइट तयार पार्न वा ब्रान्ड आइडेन्टिटी निर्माण गर्न सकिन्छ । यसका लागि विभिन्न प्रकारका टुलहरू दिइएको छ ।यो टुलमा लागि एउटा ग्राफिक्स डिजाइरलाई चाहिने कुराहरू राखिएको छ ।

अनुसन्धान:

१) मिरर थिङ्क 
यो टुलको प्रयोग गरेर वैज्ञानिक र अनुसन्धानकर्ताहरूले विभिन्न वैज्ञानिक विधिहरू, अनुसन्धान पत्रहरू र सम्बन्धित विषयबारे जवाफ खोज्न सक्छन् । यसका साथै अनुसन्धानमा रुचि भएकाले समेत यो टुलको प्रयोग गर्न सक्छन् ।

२) ओर्ब्टस
यो एक क्रोम एक्सटेन्स टुल हो । यसलाई भिडिओहरू हेर्दै तिनिहरुका बारेमा प्रश्नहरू सोध्न सकिन्छ। यसले भिडिओ हेरेर टिपोट गर्नु पर्ने समयलाई जोगाउन मद्दत गर्छ ।

कोडिङ: 

१) कोडियम 
यसमा कोडिङ लेख्न, तीनलाई परीक्षणहरू गर्न सकिन्छ । त्यस्तै आफुले लेखेको कोडमा एआईले विभिन्न सुझाव तथा सल्लाह पनि लिन सकिन्छ। यसको मद्दतले कोडिङ् गर्ने सीप निखार्न सकिन्छ ।

२) एआई कोड मेन्टर 
यो टुलले एक भर्चुअल प्रशिक्षकले जस्तै काम गर्ने बताइएको छ । विद्यार्थी तथा सिकारु प्रोग्रामरलाई कोडिङको सीप सिकाउन यसमा मेशिन लर्निङ र  एल्गोरिदम प्रयोग गरिएको छ ।जसलाई एक प्रशिक्षकले जस्तै तालिम दिने गर्छ । -RABINA MANGRANTI

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button