मनोरञ्जनसमाचार

चलचित्र रावायण’ मा दोहोरो भूमिका खेल्दै अनमोल

Anmol KC

Gobal IME Bank

काठमाडौँ । निर्देशक सुदर्शन थापा नयाँ चलचित्र ‘रावायण’ को निर्माणको तयारीमा छन् । चलचित्रको मुख्य भूमिकामा अभिनेता अनमोल केसी अभिनय गर्ने भएका छन् । चलचित्रका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता भैसकेको छ ।

सुदर्शनले आफ्नै होम प्रोडक्शनबाट यो चलचित्र निर्माण गर्दै छन्। फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत गरिएको छ । चलचित्रमा अनमोलको दोहोरो भूमिका रहने बताइएको छ । चलचित्रका लागि अन्य कलाकार छनौटको क्रममा छन् ।

चलचित्रको काम भदौबाट सुरु हुनेछ । फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । अनमोल यसै फिल्ममार्फत पहिलोपटक दोहोरो भूमिकामा देखिन लागेका हुन् । ‘रावायण’को अलवा अनमोल फिल्म ‘फर्कि फर्कि’मा पनि छिट्टै देखिनेछन् ।

अनमोल पछिल्लो समय फिल्म ‘छड्के २’ मा देखिएका थिए । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मले दर्शकलाई खासै रिझाउन सकेन ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भएको ‘छड्के २’ मा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलको निर्माण सहकार्य रहेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button