समाचार

वामदेव र बाबुराम माओवादीको चुनाव चिन्हमा -Good News 24

Gobal IME Bank

श्रावन ३१, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराई नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्नुहुने भएको छ ।
मंगलवार माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालयमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडन दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हसिया हतौडामा चुनाव लडनको निमित्त स्वीकृति दिएको बताउनु भयो । उहाँले दुवै नेताले राखेका केही शर्तहरुका बारेमा भने बुधवार छलफल हुने बताउनु भयो ।
उहाँले नेता भटटराई र गौतमले राखेको शर्तका बारेमा गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने निर्णय भएको बताउनु भयो । ती शर्तको विषयमा उहाँहरुसँग छलफल गर्ने, गठबन्धन भित्रपनि छलफल गरेर टुंगो लगाउने कुरा भएको छ ।’
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको अर्को बैठक बुधवार बिहान बस्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button