मुख्य समाचारसमाचार

चुनावी सरगर्मी: उम्मेदवारका आ-आफ्नै दाबी

Gobal IME Bank

गलकोट । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि बागलुङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम सुरु भएको छ ।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ३६ जनाले उम्मेदवारी दर्ता गरेर प्रचारप्रसारमा जुट्न थालेका छन् ।

बागलुङमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीदेखि शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत चुनावी मैदानमा उत्रनुभएको छ । बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । उहाँसँग निवर्तमान सङ्घीय सांसद नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठक प्रतिस्पर्धामा उत्रनुभएको छ ।

पाठक विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट निर्वाचित हुनुभएको हो । यस पटक भने उहाँ सत्तारुढ गठबन्धका उम्मेदवार चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँले आफू जिल्लाका युवा बर्गको प्रतिनिधि रहेको बताउनुहुन्छ ।

बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रतिगमनलाई परास्त गर्न आफू मैदानमा उत्रेको बताउँदै बागलुङको विकासमा आफूले सदैव काम गरिरहेको बताउनुभयो ।

उहाँले २०५९ सालअघि आफू कांग्रेसकै कडा विरोधी भएको बताउँदै अहिलेको प्रतिगमनलाई सधँैका लागि सिध्याउन पाँच दलीय गठबन्धमा आएको बताउनुभयो ।

मङ्गलबार गठबन्धबाट उम्मेदवार बनेका चित्रबहादुर केसीसहित बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९ख० का उम्मेदवार युवानेता डिल्लीराम सुवेदीले पत्रकार सम्मेलनमार्फत आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका थिए ।

बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा एमालेका तर्फबाट डा सूर्य पाठक, बागलुङ क्षेत्र नं १ प्रदेशसभा ९क० का उम्मेदवार हिराबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार नवराज पौडेल चुनावी मैदानमा उत्रनुभएको छ ।

उता बागलुङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मञ्जु क्षेत्री चुनावी मैदानमा उत्रनुभएको छ ।

शिक्षामन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा बाम गठबन्धबाट विजयी हुनुभएको थियो । उहाँले आफूले शिक्षामन्त्री हुँदा शिक्षामा धेरै सुधार गरेको र यस पटकसमेत आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

मनोनयन दर्तापछि क्षेत्र नं २ का विभिन्न स्थानमा आयोजना गरेको चुनावी कार्यक्रममा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा आफूले गरेका उल्लेख्य कामका आधारमा जनताले यसपकटसमेत आफूलाई मतदान गर्ने बताउनुभयो ।

यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको समर्थनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गरेपछि बागलुङ पश्चिमको चुनावसमेत चर्चामा छ । घर्तीको प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिनुभएको छ ।

बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख) का जित शेरचनलाई बागलुङ क्षेत्र नं २ प्रदेशसभा (क) मा उम्मेदवार बनाइएको छ । बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका युवानेता द्रोण कुँवर र नेकपा एमालेका युवानेता लक्ष्मण पुनबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूसमेत चुनावी माहोल बनाउन व्यस्त देखिन्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button