मुख्य समाचारसमाचार
मेयर बालेन शाहसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’ ले तत्काल जरिवाना तिर्न नपर्ने भएको छ ।
सर्वोच्च अदालतले मेयर बालेन्द्र शाह ’बालेन’ सँग जरिवाना नअसुल्न भन्दै निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचनको खर्च विवरण समयमै नबुझाएको भन्दै आयोगले मेयर बालेन्द्र शाह ’बालेन’ उपर जरिवाना गर्ने निर्णय गरेको थियो ।
तर मेयर बालेन्द्र शाह ’बालेन’ यसकोविरुद्धमा सर्वोच्च अदालतमा पुग्नुभएको थियो ।