मुख्य समाचारसमाचार

वालेन्द्र बने काठमाडौं महानगरको मेयर,उपमेयरमा सुनिता डंगोल -GoodNews24

Gobal IME Bank

काठमाडौं,जेष्ठ १३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन ) निर्वाचित भएका छन् । औपचारिक घोषणा संगै काठमाडौंको मेयरमा युवा पुस्ता, बालेनले भने,”यो सबैको जित हो । अब सबै मिलेर नमुना महानगर बनाउनु पर्छ । ”
स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका छन । बालेनले ६१ हजार ७६७ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । यस संगै महानगरले दुबै युवा पुस्ता मेयर र उपमेयर पाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button