मनोरञ्जनसमाचार

नेपालमा ‘ओपेनहाइमर’ र ‘बार्बी’को ओपनिङ कति रह्यो ?

Barbie and Oppenheimer movie

Gobal IME Bank

काठमाडौं। क्रिस्टोफर नोलन निर्देशित बहुचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ले शुक्रबार नेपाली बक्सअफिसमा ५८ लाख ग्रस ९३८ लाख ४५ हजार नेट कमाइ गरेको छ ।

सीमित मल्टिप्लेक्समा मात्र रिलिज भएको सिलियन मर्फी अभिनित यो फिल्मको यो कमाइ निकै आक्रामक रहेको छ । शुक्रबार राजधानीका मल्टिप्लेक्समा बिहानैदेखि ‘ओपेनहाइमर’का शोज खचाखच थिए ।

शुक्रबार नै रिलिज भएको अर्को हलिउड फिल्म ‘बार्बी’ले भने अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । मार्गो रोबि र रायन गोस्लिङ अभिनित यो फिल्मको शुक्रबारको कमाइ जम्मा १२ लाख रुपैयाँ ग्रस रहेको छ ।

नेपाली फिल्म ‘बगान’को दोस्रो शनिबारसम्मको कमाइ २८ लाख ४१ हजार नेट कलेक्सन छ । फिल्मको यो कमाइको जानकारी चलचित्र विकास बोर्डले दिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button