मुख्य समाचारसमाचार

संसद् सचिवालय भित्रको काम छाडेर फूलबारीको स्याहारमा लागेका वसन्त गिरी

Gobal IME Bank

काठमाडौँ । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले ।

चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ ।

वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ । ”

उहाँका साथमा अन्य नौजना कर्मचारी सेवारत छन् । बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर, लाहुरे लगायतका फूलका विरुवा लगाउँदै आएको उहाँ बताउनुहुन्छ ।

उहाँजस्तै फूलबारीको स्याहारसुसारमा आबद्ध रहनुभएका ललितपुर गोदावरीका केशव खड्का तीन वर्षदेखि सोही काममा संलग्न रहदैँ आउनुभएको छ । फूलबारीको काम प्रति आफ्नो सम्मान र सन्तुष्टि रहे तापनि समाजको हेर्ने दृष्टिकोण फरक रहेको उहाँको गुनासो छ । फूलबारीको काममा रहँदा आमा गुमाउनुको पीडालाई पनि भुलेको र कामप्रति रमाइरहेको उहाँ बताउनुहुन्छ ।

यसैगरी काठमाडौँ बल्खु बसोबास गर्दै आउनुभएकी ललितादेवी पासमान पनि बगैँचामा कार्यरत हुनुहुन्छ । तीन वर्षदेखि सो सेवा सुरुआत गर्नुभएकी उहाँ कामको सिलसिलामा रहँदा फुलिरहेका फूलले समूहको परिश्रमको सार्थकता र व्यक्तिगत पीडालाई भुलिदिने बताउनुहुन्छ ।

ललितादेवी जस्तै सचिवालय परिसरमा फूलबारीको गोडमेल गर्दै आउनुभएका प्रेम जिसी भने पहिलादेखि फूलबारी स्याहारसुसारमा काम गर्नुभएको छ । “मलाई बगैँचामा काम गर्दा आनन्द लाग्छ । ”, उहाँ भन्नुहुन्छ । सानैदेखि सङ्र्घष गर्दै आएकाले काममा थकान भन्ने महसुस नगर्ने उहाँ बताउनुहुन्छ । नर्सरीका फूललाई अनुकूल तापक्रम, मल, पानी ठीक मात्रा दिएर कठिनाइपूर्वक जोगाउन धौधौ पर्ने उहाँको भनाइ छ ।

उहाँहरुको फूलहरु जोगाउन बढी हेरचाहको आवश्यकता रहेको भनाइ छ । मकवानपुर स्थायी गोमा घलाए डेढ वर्षदेखि सोही काममा कार्यरत हुनुहुन्छ । सहकर्मीहरुको सहयोगात्मक वातावरणमा काम गर्दा कुटो कोदालो बोक्दा पनि त्यति कठिनाइ नभएको र सोही निरन्तरता दिने उहाँ बताउनुहुन्छ ।

सानोठिमी बस्दै आउनुभएकी कल्पना उमागाइँ भने त्यो समूहमा नयाँ हुनुहुन्छ । उहाँले एक महिना अघिबाट मात्र काम सुरु गर्नुभएको थियो । “फूलबारीको काममा रुचि छ । ”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button