शिक्षा स्वास्थसमाचार

के हो ब्यूटि स्लिप ?

Gobal IME Bank

एजेन्सी । सही मात्रामा निन्द्रा नपुग्दा मानव शरीरमा अनेकौं स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । त्यसैले स्वस्थ रहनका लागि जसरी स्वस्थकर भोजन, उचित व्यायाम, आराम जरुरी हुन्छ त्यसैगरी निन्द्रा पनि आवश्यक हुन्छ । यदि निन्द्रा राम्ररी पुगेको छैन् भने त्यसको असर भोलिपल्ट नै शरीरमा देखिन थाल्छ ।

जब हामी गहिरो निद्रामा पर्छौ हाम्रो शरीरले रिकभरी मोडमा प्रवेश गर्छ र ग्रोथ हार्मोन उत्पादन गर्न थाल्छ । यी ग्रोथ हार्मोले नयाँ कोशिका बनाउन थाल्छ र हाम्रो छाला ड्यामेज भएको छ भने त्यसको उपचार गर्छ । वयस्क मानिसले ७ देखि ९ घण्टा सुत्नु पर्छ जसलाई ब्यूटि स्लिप भनिन्छ ।

निन्द्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि हामी ६ देखि ७ घण्टा सुतेनौ भने त्यसले मोटोपना, उच्च रक्तचाप, ह्दयरोग, मस्तिष्कघात, डिप्रेसन, मधुमेह जस्ता समस्या निम्त्याउन थाल्छ । अर्को कुरा पूरा निद्रा नसुत्ने मानिसहरुले पछि गएर निन्द्रा नै नपर्ने अनिद्रा, शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपर्ने हुनसक्छ । निन्द्रालाई वास्ता नगर्दा शरीरमा अनेकौं समस्या देखिन थाल्छन्। त्यसैले सानैदेखि समयमा सुत्ने र समयमा उठ्ने बानीको विकास गर्नुपर्छ । साथै दैनिक कम्तीमा ६ देखि ७ घण्टा बिना कुनै रोकावट सुत्नैपर्छ । यसले शरीर स्वस्थ मात्र हैन स्फुर्त राख्न मद्दत गर्छ ।

पहिले पहिले बुढापकाहरुले एक दिनको निन्द्रा बिग्रदा ७ दिन पिरोल्छ भन्ने गर्थे । हो निन्द्रा नपुग्दा शरीरमा आलस्य हुन जान्छ र त्यसले दिनभरी नै उर्जा दिन सक्दैन । राती अबेरसम्म मोबाइल हेर्नु, कम्प्युटरमा बस्नु तथा लेट नाइट पार्टी गर्नाले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले जब शरीरले निन्द्राको महसुस गर्छ त्यसबेला सुत्नैपर्छ । हाम्रो शरीरको बनोट नै त्यसरी बनेकाले शरीरको माग अनुसार हामी चल्नैपर्छ यसको विपरित गयौ भने समस्याहरु देखिन थाल्छन ।

राम्रो निन्द्राका लागि राती सुत्ने बेलामा सकारात्मक कुुराहरु सोच्ने, हल्का खाना खाने, सजिलो लुगा लगाउने, मधुरो बत्ती बाल्ने तथा मधुर संगित सुन्न सकिन्छ ।

ब्यूटि स्लिपका फाइदाहरु

१. कम चाउरीपन
जब हामी सुत्छौ हाम्रो एपिडर्मिसमा रगत प्रवाह राम्रो सँग हुन्छ र यतिबेला हाम्रो छाला पुननिर्माण भई रहेको हुन्छ र छालामा कोलाजेनको उत्पादन पनि भई रहेको हुन्छ । यतिबेला हाम्रो छालामा रिपेयर प्रोसेस भई रहेको हुन्छ चाउरीपना आउने समस्यालाई पनि कम गर्छ ।

२. डार्क सर्कल र पफि आँखा

राति प्रसस्त समय नसुत्ने मानिसहरु प्राय बिहान उठ्दा उनीहरुको आँखा फुलेको हुन्छ र उनीहरुमा डार्क सर्कलको पनि समस्या हुने गर्छ । ब्यूटि स्लिप अर्थात् ७ देखि ९ घण्टा सुत्ने बानि बसाल्दा यी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

३. स्वस्थ छाला

प्रसस्त मात्रामा नसुत्नाले हाम्रो छालाको स्वास्थ्यमा प्रतक्ष्य असर गरिरहेको हुन्छ । हाम्रो छालाले हामी सुति रहेको समयमा दिनभरी वातावरणीय कारणले ड्यामेज भएको छालाको उपाचर र रिकभरी भई रहेको हुन्छ । तर ब्यूटि स्लिप रुटिनलाई फलो गर्दा भने स्किन पुन रिकभर हुन्छ र छाला पहिलाकै अवश्थामा आउछ ।

४. पिम्पलको समस्या

प्रसस्त निद्राको अभावले हाम्रो छालामा असर गर्छ र पिम्पलको समस्या उत्पन्न हुन्छ । निन्द्रा नपुग्दा हाम्रो शरीरमा स्ट्रेस हार्मोन उत्पादन हुन्छ र पिम्पलहरु हाम्रो छालामा आउन थाल्छ । ७ देखि ९ घण्टाको निद्रा पुरा गरि उठ्दा पिम्पलको समस्या समाधान हुन्छ ।

५. मुड
प्रसस्त मात्रामा निन्द्रा नपुग्दा हाम्रो शरीरमा बिहान उठ्दा उर्जा हुदैन र हामी प्रसन्न वा खुसी महसुस गरिरहेको हुँदैनौ । प्रसस्त मात्रामा निद्रा नपुग्दा हाम्रो साधारण दैनिक कार्य गर्न पनि अवरोध पैदा हुन्छ । निन्द्रा मात्रामा निद्रा पुरा गर्दा हाम्रो मुड ठिक हुन्छ क्लिनिकल डिप्रेसनको जोखिमलाई कम गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button