शिक्षा स्वास्थसमाचार

गर्भवती अवस्थामा आएको चाया पोतोलाई ‘ग्लोआज्मा’ भनिन्छ

Beauty Tips!

Gobal IME Bank
केहि मानिसहरुको अनुहारको विभिन्न भाग गाला, निधार, नाक र च्युडोमा हल्का कालो र खैरो किसिमको दाग आउँछ त्यसलाई हामी चाँया पोतो भन्छौं । यो विशेषगरी गर्भवती अवस्थामा हर्मन परिवर्तनको कारणले गर्दा आउने गर्छ। चाँया पोतो आउँदा चिलाउने वा दुख्ने कुनै किसिमको पिडा भने हुदैन तर प्राय महिलाहरुमा अनुहार कुरुप देखिन्छ भन्ने चिन्ता हनुे गर्छ यसको कारणले गर्दा उनीहरमा आत्मविश्वासमा समेत कमी आउने गर्छ । गर्भवती अवस्थामा आएको चाया पोतोलाई ‘ग्लोआज्मा’ भनिन्छ ।
केही महिलामा गर्भवती अवस्था सकिएपछि पनि यस्तो पोतो आइरहेको हुन्छ । कसै-कसैमा भने यो पोतो पछि आफै जान्छ तर प्राय जसो मानिसमा पोतो पुर्ण रुपमा कहिल्यै जाँदैन । चाया पोतो आउनुको कारण हर्मन परिवर्तन, तनाव, कम निन्द्रा बजारका धेरै प्रकारका क्रिम र अन्य ब्यूटि प्रडक्टको प्रयोग आदि हुन् ।
चाया पोतोको रोकथामका उपाय
1. बजारमा पाइने क्रिमको प्रयोग नगर्ने ।
2. निन्द्रा पुग्ने गरि सुत्ने ।
3. प्रशस्त मात्रामा पानी पिउने ।
4. छालालाई सुख्खा नराख्ने ।
5. स्वस्थ्यकर खाना खाने ।

छालालाई सुख्खा पनि राख्न मिल्दैन र  बजारमा पाइने जस्तो पायो त्यस्तो क्रिम पनि लगाउन हुँदैन् । यस्तो क्रिमहरुले छालालाई सिधा असर गर्दछ । तर, डाक्टरको सल्लाहअनुसारको क्रिम प्रयोग गर्नु छालाको लागि उपयुक्त र फाइदाजनक हुन्छ । त्यसैगरी, गर्भवती अवस्थामा छालालाई सुख्खा राख्नु हुँदैन यो अवस्थामा सुख्खा छालालाई घामले दोब्बर असर गर्छ । सुख्खा छालामा घामको असरले चाया पोतो आउने सम्भावना पहिला भन्दा धेरै हुन्छ त्यसैले छालालाई सुख्खा हुन नदिनका लागि मोस्टराइजरहरु प्रयोग गर्नु राम्रो हुन्छ ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button