अन्यसमाचार

भरतपुरमा सुत्केरीको लागि निःशुल्क एबुलेन्स सेवा सुरु – GoodNews24

Gobal IME Bank

चितवन : भरतपुर महानगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स र यातायात खर्च दिने भएको छ । २०७६ मा स्वीकृत भएको कार्यविधि अनुसार भरतपुर महानगरपालिकाले एम्बुलेन्स यातायात खर्च उपलब्ध गराउने सुचना विज्ञप्तीमा उल्लेख छ । भरतपुर महानगरपालिकाको वार्षिक नगर विकास योजना अन्तर्गत स्वास्थ्य तर्फ क्रम संख्या ५९ मा सुत्केरी हुने महिलाका लागि निः शुल्क एम्बुलेन्स यातायात खर्च शिर्षकमा रकम विनियोजन गरेको हो ।

महानगरपालिकाले १ देखि १२ वडा भित्रका सुत्केरी महिलालाई एक हजार रुपैयाँ, १३ देखि २२ सम्माका वडालाई १ हजार ५ सय र २३ देखि २९ सम्मका वडाका महिलालाई दुई हजार दिने भएको हो । तर, महानगरपालिकाले उक्त रकम पाउन केहि सर्तहरु भने व्यवस्था गरेको छ ।
सो रकम पाउनको लागि भरतपुर महानगरपालिका भित्र रहेको नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा दक्ष प्रसुतीकर्मीको प्रसुती सेवा लिएको हुनुपर्नेछ । महानगरपालिका भित्रको स्थायी बासिन्दा हुनुपर्नेछ ।

यो पनि पढ्नुहोस् …

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button