समाचार

भूकम्प पीडितलाई एनआरएनएको सहयोगमा राहत वितरण

Gobal IME Bank

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिनुभयो । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ । एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button