अन्यसमाचारसूचना प्रविधि

पठाओमा अब ट्याक्सी

Gobal IME Bank

काठमाडौं । मोबाइल एपमार्फत् दुईपांग्रे सवारीसाधनबाट यात्रुलाई सेवा दिइरहेको पठाओले चारपांग्रे सेवा पनि सुरु गरेको छ । उपभोक्ताले पठाओको सेवा अत्यधिक रुचाएको भन्दै कम्पनीले शुक्रबारबाट काठमाडौं उपत्यकामा यो सेवा सुरु गरेको हो । उक्त कम्पनीमा हाल तीन सयवटा ट्याक्सीहरु आबद्ध भइसकेकाे जनाइएकाे छ ।

चारपांग्रेमा पनि कार लाइट र कार प्लस गरी दुई किसिमको सेवा कम्पनीले उपलब्ध गराएको छ । कार प्लस लाइटभन्दा झन्डै दोब्बर महँगो छ । पठाओको कार अर्डर गर्न नै सय रुपैयाँ तिर्नुपर्छ । यसलाई कम्पनीले सेवा शुल्क भनेको छ । “ट्याक्सी अर्डर गरेका यात्रु लिनका लागि डेढ किमिसम्म टाढा पुग्नुपर्ने हुन्छ । त्यसैले सर्भिस चार्ज सय रुपैयाँ उठाउने गरेका छौं,” पठाओका म्यानेजर शशांक थापाले जानकारी गराए ।

patho apps

अरू ट्याक्सी सेवाकोलागि जोडिन सक्छन् ?
सार्वजनिक ट्याक्सीहरुले आफ्नो कागजात पठाओलाई बुझाउनुपर्ने हुन्छ। त्यहीअनुसार कम्पनीले ट्रेनिङ समेत दिने गर्छ। अहिले पनि कम्पनीले आबद्ध हुन आइरहेको ट्याक्सीहरुलाई सेवाबारे तालिम दिइरहेको छ । हाल पठाओको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने कम्पनीले बताएको छ। अहिले कम्पनीमा मोटरसाइकलको ‘राइड क्लिक’ गर्न सकिने व्यवस्था छ। त्यस्तै कम्पनीले ट्याक्सीको लागि पनि एपमा ‘क्लिक’ गर्ने व्यवस्था गरिने जनाएको छ। त्यसअनुसार आफ्नो पायक पर्ने सेवा उपभोक्ताले लिन सक्नेछन्।

यसमा सरकारले राखेको मिटरको नियमपालना भने हुनैपर्ने कम्पनीले जनाएको छ। तर सामान्य ट्याक्सीमा शुल्क भने मिटरभन्दा एक सय बढी हुनेछ। यस्तै ट्यासीवालाहरुले कम्पनीलाई दिने कमिसन भने मोटरसाइकलअ नुसार नै हुने तर एकीन भने नभइसकको हमाल बताउँछिन्। पठाओमा आबद्ध भएका मोटरसाइकलले १ हजार आम्दानी गरेको खण्डमा २ सय रुपैयाँ कमिसन दिनुपर्ने व्यवस्था छ।

अन्य ट्याक्सी भन्दा पठाओमा के फरक हुन्छ ?
हाल पठाओबाट आउने सेवा पनि सार्वजनिक ट्याक्सी कै हो। कम्पनीको व्यवस्था अनुसार नै अहिले भन्दा एक सय रुपैयाँ अझ महंगो हुने देखिन्छ। तर सामान्य ट्याक्सी भन्दा यो बढी सुरक्षित हुने कम्पनीले दाबी गरेको छ। कम्पनीको अनुसार ट्याक्सीले कुनै किसिमको बदमासी गरेमा उसको सबै कागजात देखि सबै ठेगाना समेत पठाओसँग हुने भएकाले सामान्य ट्याक्सी सेवाभन्दा यो बढी सुरक्षित हुने कम्पनीको दाबी छ। त्यस्तै अफिस वा घरबाट निस्किँदा सडकमा नै गएर ट्याक्सी खोज्नुपर्ने झञ्झटबाट समेत मुक्त हुने कम्पनीको तर्क छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button