मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चाँया किन पर्छ ? रोकथामका उपायहरु

Gobal IME Bank

एजेन्सी । चाँया एक किसिमको सुपर फिसियल फंगल इन्फेक्सनबाट लाग्ने रोग हो यो एक प्रकारको ढुसी हो । यसले शारीरिक रुपमा पार्ने असर त छदैंछ, यसबाहेक यसले मानसिक रुपमा पनि व्यक्तिलाई लज्जास्पद महसुस गराउँछ । फलस्वरुपः व्यक्तिमा आत्मविश्वासको कमीका कारण समूह तथा हुलमुलमा नै बस्न छाडिदिने गर्दछ त्यसैले हामीले चाँयाको निर्मुलन समयमै गर्नु पर्छ । चाँया रोग, म्यालेसेजिया फरफर नामक जिवाणुको कारण लाग्दछ । नेपालीमा फुकुवा भनेर चिनिने यो रोग सामान्यतयाः बच्चाहरुमा आमाको हार्मोनको कारण नौ महिनाभित्र देखा पर्दछ । जुन बच्चाको टाउकाको अघिल्लो भागमा प्राप्राको रुपमा रहेर बसेको हुन्छ । यसबाहेक युवावस्थामा देखिने चायाको सन्दर्भमा भन्नु पर्दा यो रोग विभिन्न कारण देखा पर्ने गर्दछ ।

– हार्मोनका कारण
– कपालमा आएको चिल्लोपनका कारण
– सरसफाइको कमीका कारण
– वर्षा तथा जाडोयाममा प्रयोग गरेको हेलमेट तथा टोपीहरु भिजेर गुम्सिएको खण्डमा
– जाडोमा ऊनीका टोपिहरुका प्रयोग गरेमा,
– बढी धुलो, धुवाँमा बस्नाले

रोकथामका उपायहरु
चाँया रोग भनेको फंगल्सका कारण लाग्ने रोग हो । यो चिल्ल्लोपना बढी भएको ठाउँमा फस्टाउने गर्दछ । चाँयाको रोकथामको निमित्त सर्वप्रथम हामीले हाम्रो कपालमा तेल हाल्ने बानी बन्द गर्नुपर्छ त्यसैगरी अत्याधिक धुलो—धुँवा भएको वातावरणबाट जोगिनु पर्दछ । यदि त्यस्तो वातावरणमा हिड्नै पर्ने भए हामीले आफ्नो टाउको पूरा ढाकिने किसिमको स्कार्फ अथवा क्याप लगाउनु पर्दछ । हामीले आफ्नो सरसफाइमा विशेष ध्यान दिई दैनिक नुहाउनाले पनि चायाबाट छुटकारा पाउन सकिन्छ ।

त्यसैगरी बजारमा चाँया प्रतिरोधात्मक विभिन्न स्याम्पु तथा लोसनहरु पनि उपलब्ध छन् । किटोपनाजोल र किम्बाजोलजस्ता स्याम्पुहरुको पनि प्रयोग गर्न सकिन्छ । अन्य औषधि तथा उचित ओरल औषधिहरुको प्रयोगले पनि चाँया निर्मुल पार्न मद्दत मिल्छ । हाम्रो शरीरमा र कपालमा एउटै फंगल्सका कारण चाँया पर्ने हुँदा कतिपय अवस्थामा यो अत्याधिक मात्रामा शरीरभर नै फैलन सक्ने पनि सम्भावना हुन्छ ।

यस्तो अवस्थामा चाँयाले कतिको भाग ओगटेको छ र, यसले कतिको असर पारेको छ भन्ने कुरा ध्यानमा राखी औषधि उपचार गर्नु पर्दछ । तर, पर्याप्त हेरचाह गर्दागर्दै पनि चाँयाले सतायो वा चाँयाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छालाहरु जान थालेको अवस्थामा भने तुरुन्त चिकित्सकसँग परामर्श लिनु पर्दछ । यसैगरी, चाँया हराइसकेपछि पनि नियमित र पूर्ण रुपमा औषधिको प्रयोग गरी कम्तिमा हप्तामा मेन्टेन्स थेरापी गरेको खण्डमा चाँया रोग फर्कने सम्भावना कम हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button