शिक्षा स्वास्थसमाचार

किन कराउँछ असार र साउनमा भ्यागुता ?

Frog!

Gobal IME Bank

असार साउनमा भ्यागुता कराएका पक्कै पनि सुन्नुभएको होला। प्राय वर्षा मौसमको बेला भ्यागुता कराउँछन्। भ्यागुता कराउन थालेपछि अब पानी पर्छ भन्ने लख काट्ने गर्छन् किसानहरू । कतिपयले ठान्छन् कि भ्यागुताले पानी पार्छन्, उनीहरु कराएपछि पानी पर्छ। त्यसैले लामो समयसम्म खडेरी पर्दा भ्यागुताको बिहे गरिदिएको पनि हामीले देखे सुनेका छौँ। यसमा वैज्ञानिक सत्यता भने छैन। भ्यागुता कराएर पानी पर्ने होइन, बरु पानी पर्नलायक मौसम बनेपछि उनीहरू कराउने हुन्।

यो सामान्यतया सम्भोगसँग सम्बन्धित छ। भ्यागुताहरू वर्षाको समयमा, कहिलेकाहीँ पानी पर्नुअघि कराउँछन्। असार र साउन अर्थात् विशेषत वर्षाको समय भ्यागुताको सम्भोगको मौसम हो। यो बेला नर भ्यागुता पोथी भ्यागुतालाई सहवासका लागि आकर्षित गर्न शान्त आवाज निकाल्न सक्दो प्रयास गर्छन्। पोथी भ्यागुता कराउँदैने गर्दैनन् ।

भ्यागुताको अनौठो प्रजनन चक्र हुन्छ। वर्षाको बेला न्यानो तापक्रममा धेरै खाना खाएको बेला भ्यागुताहरू सम्भोग गर्ने गर्छन्। जाडो महिनामा कम तापक्रम, खाद्यान्न अभाव र कम वर्षाको चपेटामा भ्यागुता पर्छन्। उनीहरू जमिनमुनि बस्छन्। तर जब तापक्रम बढ्दै जान्छ उनीहरू सक्रिय हुँदै जान्छन् र जमिनमाथि आउँछन्। स साना खाल्डा र पोखरीहरूमा पानी जम्छ। पानी पोथी भ्यागुताकका लागि अण्डा राख्न उत्तम ठाउँ हो।

भ्यागुताका लागि वर्षाको अर्को फाइदा भनेको खानाको प्रशस्तता हो। यो बेला गड्यौँलादेखि अन्य किराहरू हुन्छन्। जुन भोका भ्यागुताका सिकार हुन्। सामान्यतया तीनदेखि चार हप्तासम्म एक स्वस्थ भ्यागुता खानै नखाई बाँच्न सक्छ। चिसो मौसममा आहारको अभावले लामो समयसम्म यी भोका हुन्छन्। तर वर्षा लागेसँगै यिनलाई आहारको कमी हुन्न। त्यसैले अतिरिक्त आहार यो समयमा भ्यागुताले खाने गर्छन्। खाना ज्यादा मात्रामा खानु भ्यागुताहरू सम्भोगका लागि तयार हुनु हो। -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button