Saturday , 19 June 2021

बिग बोस’ को १४ औँ संस्करणको लागि सलमानले लिए एपिसोड बराबर १० करोड २५ लाख-GoodNews24

भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ को नयाँ संस्करण हुने क्रममा छ । यस शोको १४ औँ संस्करणमा पनि कार्यक्रम प्रस्तोता सलमान खान नै रहने भएका छन् । नयाँ सिजनको यस कार्यक्रमका लागि सलमानले हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् ३ महिना भर कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदै छन् । बलिउड मिडियाले यो बलिउडमा अहिलेसम्म कै सर्वाधिक पारिश्रमिक भनेको छ । बिग बोस छायाङ्कनका लागि सलमानले ३ महिना भर सातामा एक दिन दिनेछन । कार्यक्रम अक्टोबर देखि प्रसारण हुनेछ भने यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन् । तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण हुन् । सेप्टेम्बरदेखि नै प्रसारण हुने भनिएको कार्यक्रम बिगबोसको घर निर्माणमा ढिलाइ हुँदा छायाङ्कनमा ढिलाइ भएको छ । साथै कोरोना महामारीले पनि कार्यक्रममा धेरै प्रभाव परेको छ । सहभागीहरू बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरूको कोरोना भाइरस परीक्षण गरिने र पूर्ण सुरक्षा अपनाएर कार्यक्रम सञ्चालन गरिने छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle