मनोरञ्जनसमाचार

भेनिस फिल्म फेस्टिबल ‘लाइनअप’ घोषणा, नेपाली चलचित्र ‘दी रेड सुटकेस’ छनोट

Venice Film Festival 'Lineup"

Gobal IME Bank

काठमाडौं । नेपाल र श्रीलंकाको संयुक्त लगानीमा बनेको चलचित्र ‘दी रेड सुटकेस’ प्रतिष्ठित भेनिस फिल्म फेस्टिभल लाइनअपमा छनोट भएको छ । फेस्टिभल प्रमुख अल्बार्टो बार्बेराले मंगलबार फेस्टिभलको ८० औं संस्करणको सूची घोषणा गरेका थिए।

फेस्टिभलको होराइजन्स ‘ओरिजोन्टी’ खण्डमा १८ फिल्म छनोट गरिएको छ , जसमध्ये ‘दि रेड सुटकेस’ पनि छ । ८७ मिनेट लामो यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

भेनिसको होराइजन्स खण्डमा यसअघि मीन भामको छोटो फिल्म ‘बाँसुल्ली’, पूजा गुरुङ र विभूषण बस्नेतको छोटो फिल्म ‘दाद्या’, दीपक रौनियार निर्देशित कथानक फिल्म ‘सेतो सूर्य’ पनि छनोट भइसकेका छन् । भामको ‘कालोपोथी ब्ल्याक हेन’ले भेनिसको क्रिटिक्स विकमा पुरस्कार पनि जितेको थियो ।

सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको ‘दी रेड सुटकेस’ले वैदेशिक रोजगारीको कथा पेश गरेको छ। कतारबाट ल्याइएको रातो सुटकेसलाई लिएर हिंडेको पिकअप ट्रकबाट फिल्मको कथा सुरु हुन्छ । त्यही समयमा अर्का प्रवासी कामदार रातो सुटकेस लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कन्छन् ।

त्यो सामग्रीलाई गन्तव्यसम्म पुर्‍याउन हिंडेका पात्रहरु रहस्यमयी घटनामा फस्दै जान्छन् ।

कोभिड महामारी र त्यसलाई रोक्न लागू गरिएको आवश्यक प्रोटोकलको कारण चुनौती खेपेको भेनिस सामु यसपटक दुईवटा नयाँ चुनौती छन् । त्यो हो हलिउड लेखक र कलाकारले चलाइरहेको हड्ताल । जसको कारण यसपटकको संस्करणमा निकै कम संख्यामा रेडकार्पेट कार्यक्रम हुने र कलाकारको उपस्थिति पनि पातलो हुने अनुमान गरिएको छ ।

हड्तालका कारण निर्माताले फिल्म हटाउन सक्ने चर्चाबीच भेनिस आयोजकले लाइनअप घोषणा गरेका हुन् ।

एडोआर्डो डे एन्जेलिसको फिल्म ‘कमान्डेन्टे’ यसपटक भेनिसमा ओपनिङ फिल्मको रुपमा छ । यसअघि लुका गुआडाग्निनोको ‘चेलेन्जर्स’ ओपनिङ फिल्मको रुपमा तय गरिएको थियो । तर हलिउडमा चलिरहेको हड्तालको कारण अभिनेत्री जेन्डाया उपस्थित नहुने भएपछि ‘चेलेन्जर्स’को प्रिमियर रोकिएको हो ।

भेनिस फिल्म फेस्टिभल २०२३ आगामी अगस्ट ३० मा सुरु भएर सेप्टेम्बर ९ मा समाप्त हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button