मुख्य समाचारसमाचार

महानगरले ५ वर्षपछि पुनः प्रयोगमा ल्याउँदै बायो ग्याँस प्लान्ट

Gobal IME Bank
file photo

काठमाडौं । पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्टलाई काठमाडौँ महानगरपालिकाले पुनः सञ्चालन गर्ने भएको छ ।

टेकुस्थित वातावरण विभागको परिसरमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।

उक्त परियोजनाका लागि युरोपियन युनियनले रू चार करोड ६० लाख र कामपाले रू एक करोड ८२ लाख लगानी गरेका थिए ।

पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
विसं २०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकोमा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button