Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि लाभदायक

Bitter Melon

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ।

– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफलाई निकाल्नका लागि मद्दत पुर्‍याउँछ।

– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।

– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु फाइदाजनक हुन्छ।

– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु लाभदायक हुन्छ।

– पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका धेरै उदाहरण पनि छन्।

– बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन मिसाएर खाने गरेमा तुरुन्त लाभ प्राप्त हुन्छ।

– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको सेवन लाभदायक हुन्छ।

– डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी सेवन गर्नु उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।

– करेला खाने गर्दा रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।

– बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा मिल्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button