अन्यमनोरञ्जन

  “महिला भन्दा पुरुष २ गुणा बढी झुट बोल्छन” पुरुषकाे बारेमा रमाइला तथ्यहरु पढ्नुहोस् ।

Gobal IME Bank

पुरुष र महिलाको रोजाइ सोचाइ सबै फरक हुन सक्छन ,त्यसैले कतिपय कुरामा पुरुष र महिलाको कुरा मिल्दैन त्यसैले केहि कुराहरु पुरुष शेयर गर्न चाहदैनन् । चिकित्सा बिज्ञान अनुसार आधारभूत रुपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तुहरु मिलेर बनेको हुन्छ। ज्ञान र सिप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ। नयाँ अनुसन्धानहरुले पत्ता लगाए अनुसार पुरुषले कुनै कुरा सोंच्दा गिदीका कैला तन्तुहरुको धेरै प्रतिशत प्रयोग हुन्छ भने महिलाले त्यस्तै कुरा सोंच्दा गिदीका सेता तन्तुहरुको बढी प्रतिशत प्रयोग हुन्छ। तर जुनै रंगका तन्तुहरुको जे जति मात्रामा प्रयोग भए पनि यसले बौद्धिक क्षमतामा कम या बेसीको प्रभाब पर्दैन तर सोच्ने तरिका मन पर्ने कुरा र वानी व्यबहार भने फरक हुन जान्छ । यस्तै कारणले गर्दा महिला पुरुष विच सोच्ने तरिका र वानी ब्यबहार फरक हुन्छ । आज हामी महिलाको भन्दा फरक पुरुषका केहि तथ्यहरुको बारेमा चर्चा गर्ने छौ ।

– पुरुषहरु महिलाले भन्दा दुइ गुणा खाना खान्छन । महिला र पुरुषको तुलनामा पुरुष धेरै नै तौल भएका हुन्छन एउटै उमेर र उचाइका पुरुष र महिलाको तौलमा निकै भिन्नता हुन्छ। तुलनात्मक रुपमा महिलाको भन्दा पुरुषको शरीर बढि कसिएको हुन्छ र खाना खान सक्ने क्षमता पनि यसै कारण महिलाको भन्दा पुरुषको बढि हुन्छ ।

– महिलाको भन्दा पुरुषको दिमाग ठुलो हुन्छ । शरीरको आकार र बनावटको कारण महिलाको भन्दा पुरुषको दिमागको आकार १०% ठुलो हुन्छ तर दिमागको आकार ठुलो र सानो हुनुले यसको कार्यक्षमतामा भने कुनै फरक पर्दैन ।

– पुरुष उमेरसंगै खुकुलो कपडा लगाउन मन पराउछन । महिला पहिरन लगाउदा आफु आकर्षित देखिएको नदेखिएकोमा निकै ध्यान दिन्छिन आकर्षक र पातलो देखिने चक्करमा प्राय महिला फ़िटिङ्ग कपडा लगाउन मन पराउँछन् तर पुरुष यसको बिपरित खुला कपडा लगाउन बढी मन पराउँछन् ।

– महिला भन्दा पुरुष दुइ गुणा बढी झुट बोल्छन । एक रिसर्च अनुसार महिला दिनमा ३ चोटि झुट बोल्छिन भने पुरुष दिनको ६ चोटि झुट बोल्छन । यसमध्य पुरुषले झुट बोल्दा “ठिकै छ केहि भएको छैन ” सबै भन्दा बढी बोल्ने वाक्य हो ।

– पुरुष आफ्नो जीवनको एक वर्ष महिलालाई घुरेर हेर्नमा बिताउछन । यौनका कुरामा महिला भन्दा पुरुष बढि सक्रिय हुन्छन त्यसैले बाटो हिड्दा होस् या कुनै सार्वजनिक स्थलमा बस्दा उनीहरु आकर्षक देखिएकी महिलालाई नियालेर हेर्न पछि पर्दैनन् जुन महिलाहरु निकै कम गर्छन ।

– महिला जस्तै पुरुषहरु भावना व्यक्त गर्न माहिर हुदैनन्,त्यसैले महिलाहरु सानो सानो कुरा पनि शेयर गर्ने ख्याल गर्ने हुन्छन पुरुष भने यस्ता कुरालाई त्यति महत्व नदिने र व्यक्त गर्न जरुरी ठान्दैनन् । महिलाको मन सानो कुराले पनि दुख्ने भावनामा बग्ने खालको हुन्छ भने पुरुषहरु यी कुराहरुबाट त्यति छिटो प्रभावित हुदैनन् ।

-महिलाले देख्ने र पुरुषले देख्ने सपना फरक हुन्छन । पुरुषहरु सपनामा भुकम्प आएको घरहरु भत्किएको जस्ता बिनाशात्मक सपनाहरु देख्छन जव कि महिलाहरु यस्ता सपना निकै कम देख्छन ।

– भुइमा खसेको केहि सामान टिप्नको लागि महिला भन्दा पुरुष बढि झुक्छन । पुरुष भन्दा महिला बढी लचकदार हुन्छन तर महिलाको पहिरनको कारण प्राय महिला भुइमा भएको या खसेको सामान टिप्दा निहुरिनुको सट्टा बसेर सामान टिप्छन भने पुरुष निहुरिएरै सामान टिप्ने गर्छन ।

– पुरुषहरु मोटी केटी भन्दा ठिक्क शरीर भएकी केटी मन पराउछन । निकै कम पुरुष हुन्छन जो मोटी केटीलाई मन पराउँछन् यहाँसम्म कि केटीहरु स्वयम् पनि मोटी नभई ठिक्कको हुन नै मन पराउँछन त्यसरी नै पुरुष पातली महिला प्रति बढि आकर्षित हुन्छन ।

– पुरुषहरु महिलाको ध्यान आफु तर्फ आकर्षित गर्न दुवै हात कम्मरमा बाधिएको पेटिमा लगाएर उभिन्छन र यसरी उभिदा उनीहरु साहसी र कन्फिडेन्ट भएको आभास गर्छन । यो पोजिसनमा उभिदा महिलाहरु पुरुषप्रति आकर्षित हुन्छन ।

– पुरुषहरू अन्य पुरुषहरूबाट प्रशंसा मन पराउँछन् । महिलाहरु प्राय पुरुषले आफ्नो प्रशंसा गरोस भन्ने चाहना राख्छन तर पुरुष पुरुषबाट नै प्रशंसाको अपेक्षा राख्दछन ।

– पुरुषहरु राेजाइ मिल्ने साथीहरु बनाउन मन पराउँछन् । पुरुषहरु साथी छान्दा एउटै खालको चाहना राख्ने आफु संग कुरा मिल्ने खालको हेर्छन आफुसंग चाख नमिल्ने खालको साथी हरुसंग हिड्न डुल्न मन पराउदैनन तर महिलाहरु साथी संग इच्छ्या ,चाहना मिल्ने भन्दा पनि भावनात्मक रुपमा नजिक हुन्छन ।

– पुरुषहरू महिलाले जत्तिकै राम्रो हेरचाह गर्न सक्छन । भनिन्छ महिलाले जति हेरचाह पुरुषले गर्न सक्दैनन् तर पुरुष पनि महिलाले जस्तै आफ्नो प्रिय मान्छेको हेरविचार गर्छन फरक यति छ कि पुरुष मैले हेरचाह गर्दैछु है भन्ने कुरा दर्शाउन जान्दैनन् ।

शरीरमा हुने केहि यस्ता तथ्यहरु

– जव पुरुषहरु केहि कुरा सुन्छन तब उनीहरु आधा दिमाग मात्र प्रयोग गर्छन । कसैबाट केहि कुरा सुन्दा पुरुषहरु बायाँ तर्फको आधा दिमाग मात्र प्रयोग गर्छन जसको कारण सुनेका कुराहरु त्यति याद हुदैन तर एक महिला पुरै दिमाग लगाएर सुन्छिन जसको कारण लामो समयसम्म सुनेका कुराहरु याद राख्न सक्छिन ।

– पुरुषहरुमा रातिमा देख्ने शक्ति कम हुन्छ । अमेरिकन एकाडेमिअफ अप्टोमेट्रिकाले गरेको २००५ को सर्वेक्षण अनुसार पुरुषको तुलनामा महिलाले रातमा पनि बढी देख्न सक्छिन भन्ने कुरा पुस्टि गरेको थियो ।

– महिला भन्दा पुरुष बढी बायाँ हातको प्रयोग गर्छन । विश्वमा १५% व्यक्तिहरु कुनै पनि काम गर्दा बायाँ हातको प्रयोग गर्छन ति मध्ये पुरुषको भन्दा महिलाको संख्या निकै कम छन् बायाँ हातले काम गर्नेहरु दायाँ हातले काम गर्नेहरु भन्दा चलाख पनि हुने गर्दछन ।

– महिलामा भन्दा पुरुषमा रगतको मात्रा बढी हुन्छ । एक सामान्य पुरुषमा ८/१० पोइन्ट ब्लड हुन्छ भने महिलामा मात्र ६/७ पोइन्ट ब्लड हुन्छ र पुरुसको रगतमा रातो रक्तकेशिका र हेमोग्लोबिन पनि बढी हुन्छ । त्यसैले महिला भन्दा बढी पुरुष शारीरिक परिश्रम गर्न सक्छन ।

– महिला भन्दा पुरुष राम्रो संग सुत्न सक्छन ।

-महिलालाइ भन्दा पुरुषलाई तौल घटाउन सजिलो हुन्छ । महिला भन्दा पुरुषको शरीरमा मांसपेशी धेरै हुनुका साथै बलियो पनि हुन्छ त्यसैले पुरुषको शरीरले महिलाको शरीरले भन्दा २०% बढी क्यालोरी खर्च गर्दछ । महिलामा भन्दा पुरुषमा टेस्टोस्टोरन हर्मोन बढी हुने भएकाले यसले पाचन शक्ति बढाउनुका साथै तौल घटाउनम मद्दत गर्दछ ।

– पुरुषको इन्द्रिय महिलाको भन्दा भिन्न हुन्छ त्यसैले रंगहरु महिलाले भन्दा छिटो पुरुषले छुट्याउन सक्छन त्यस्तै चलिरहेका वस्तुहरु पुरुषले छिटो देख्न र दिशा पत्ता लगाउन सक्छन ।

– महिलाको भन्दा पुरुषको पेट लाग्ने सम्भावना बढि हुन्छ ।

– पुरुषको शरीर प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । महिलाको शरीरमा एस्ट्रोजेन नामक हर्मोन बढि हुने भएकाले यसले प्रतिरक्षा शक्ति बढाउछ र पुरुषमा यो हर्मोन कम हुने भएकाले पुरुषको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

– पुरुषको युरिनारी ब्लाडर महिलाको भन्दा ठुलो हुन्छ तर युरिनेसन क्षमता र प्रक्रिया भने दुवैको उस्तै हुन्छ त्यसैले पुरुष भन्दा महिलालाइ छिटो छिटो पिसाव लाग्ने हुन्छ ।

-पुरुषको शरीरले बढी तेल उत्पादन गर्छ त्यस्तै पसिना पनि पुरुषलाई नै बढि आउँछ। शरीरबाट तेल बढी निस्किने भएकाले पुरुषको छाला महिलाको भन्दा कम सुख्खा हुन्छ ।

-पुरुषको शरीर महिलाको भन्दा तातो हुन्छ । मानिसको शरीरको सामान्य तापक्रम 98.6 डिग्रि फरेनहाइट हुन्छ तर पुरुषको शरीरको तापक्रम महिलाको भन्दा 0.2 डिग्रि फ़रेन्हाइट बढी हुन्छ ।

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button