अन्यशिक्षा स्वास्थसमाचार

कोरोना भाइरसबाट जोगिन न्यूरोडमा ‘पानीका धारा’ – GoodNews24

Gobal IME Bank

काठमाडौँ। पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसबाट जोखिन न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् ।

जडान गरिएको धाराको आज महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गर्नुभएको हो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको थालनी गरेको उल्लेख गर्नुभयो ।

केयुकेएलका निर्देशक रानाले कोरोना भाइरसको जनचेतना देशैभर फैलाउनु जरुरी रहेको बताउनुभयो । विश्वमा पछिल्लो समय भयावहरूपमा फैलँदै गएको कोरोनाको असर नेपालमा पनि पर्नसक्ने भन्दै यसबाट जोगिनुपर्ने उहाँको भनाइ थियो ।

न्यूरोड क्षेत्रमा आउने ग्राहकलाई साबुनपानीले हात धुन र कोरोना भाइरसबाट जोगिनका लागि उक्त अभियानको थालनी गरेको स्थानीय व्यवसायी विवेक शर्माले जानकारी दिनुभयो । पानीको ड्रमसहित धारा जडानका लागि रु तीन लाख बराबर खर्च भएको छ ।

हात धुने अभियानको प्रभावकारिता हेरेर काठमाडौँ मल, सुन्धारा, न्यूरोड प्रवेशद्वारमा समेत पानीका धारा र साबुन राखिने शर्माको भनाइ छ । पाकोका अर्का व्यवसायी महेन्द्र शाहीले अभियानलाई काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

 

गौतमबुद्ध रङ्गशाला निर्माणका लागि रु ३० हजार सहयोग

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्र्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु ३० हजार आर्थिक सहयोग गरिएको छ ।

फाउण्डेशनले जनस्तरबाट सङ्कलन गरेको रकमबाट निर्माण गर्न लागेको रङ्गशालालाई अष्टे«लियामा बस्दै आएका झापाका निलम सिटौला र दोलखाका निराजन थापाले रु १५–१५ हजार आर्थिक सहयोग गर्नुभएको हो । उक्त रकम आज दोलखाका थापाले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस–सुन्तलीको मात्र नभई सिङ्गो मुलुकको रङ्गशाला भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “थोपाथोपा मिलेर समुद्र बनेजस्तै थौरैथोरै रकम उठाएर रङ्गशाला निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । जनस्तरबाट निर्माण हुन लागेको उक्त रङ्गशाला निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”4699″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3399″] [irp posts=”2735″] [irp posts=”4224″] [irp posts=”4991″] [irp posts=”5035″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button