मुख्य समाचारशिक्षा स्वास्थसमाचार

ब्राउन राइसका फाइदाहरु

Gobal IME Bank

एजेन्सी । चामल सायौँ संस्कृतिको मुख्य खाना नै हो । विश्वभर नै चामललाई विभिन्न तरिका अपनाएर पकाएर खाने चलन रहेको छ । एसियाली देशहरुमा चामल दैनिक सेवन गर्ने चलन छ । विश्वभरी ४० हजार प्रकारको चामलको खेती गरिन्छ । स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौ भन्ने विषयमा सचेत रहनुपर्छ। किनभने हामीले सेवन गर्ने हरेक खानेकुराले शरीरमा फाइदा या बेफाइदा गर्छ।

स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । अहिले धेरैजसो मानिसले ब्राउन राइस खाने चलन छ। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ किन भने यो कम प्रशोधित हुन्छ । सामान्यतया सेतो चामल बनाउनका धेरै प्रशोधन गरिन्छ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।

ब्राउन राइसमा पाइने पौष्टिक तत्वहरु
स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ। सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटासियम र क्याल्सियमको राम्रो स्रोत हो।

यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ।

ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु
ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ। यसले पाचन प्रक्रियालाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा मिल्छ। विशेषज्ञको सल्लाह अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गर्दा अल्जाइमर र डिमेंशिया जस्तो रोगलाई फाइदा मिल्छ।

ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाहरुको शारीरीक विकासको लागि निकै महत्वपूर्ण मानिन्छ।

ब्राउन राइसमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ। ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन गर्दा शरीरको तौल कर्म गर्नका लागि मद्दत मिल्छ। ब्राउन राइसमा ग्लाइकेमिक इन्डेक्स कम हुन्छ जसको कारणले गर्दा शरीरमा सुगरको मात्रा बढ्दैन त्यसैले मधुमेहको बिरामीहरुको लागि ब्राउन राइस खानु फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button