मनोरञ्जनसमाचार

‘क्यामिनो’मा आना शर्मा प्रदीपको जोडी

Movie 'Camino'

Gobal IME Bank

काठमाडौँ। प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् । निर्देशक दीपक वलीले अभिनेत्री शर्मासँग फिल्मबारे मौखिक रुपमा सहमति भएको र केही दिनमा लिखित सम्झौता हुने बताए ।

यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी गर्न थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति भएको निर्देशक वलीले जानकारी दिए ।

आनाले अब यो फिल्ममा प्रदीपको अपोजिटमा अभिनय गर्नेछिन् । यसबाहेक फिल्ममा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस आदि छन् ।

निर्देशक वलीले केही सातामा फिलिपिन्सबाट चलचित्रको छायांकन सुरु हुने बताए । निर्माता र व्यानर हेरफेर हुँदा फिल्मको निर्माणमा ढिलाइ भएको थियो । यो फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ । अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।

‘अब दुई सातामा सुटिङमा जाने तयारीमा छौँ । मौसम र निर्माताको हेरफेर, नामसारीले ढिलाइ भयो,’ दीपकले बताए। उनका अनुसार फिलिपिन्समा ४५ दिन रहेर फिल्म छायांकन हुनेछ । त्यसपछि तिहारपछि बाँकी छायांकन नेपालमा गर्ने तयारी छ ।

हिडेर अमेरिका जाने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो । निर्माताले दक्षिण अमेरिकी मुलुकको सेटिङमा फिल्मलाई फिलिपिन्समा छायांकन गर्न लागेका हुन् ।

आनाको कुरा गर्दा, उनी यतिबेला राजेश हमाल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘मायाको माया’को सुटिङमा व्यस्त छिन् । ८० प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी चरण मुस्ताङमा हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button