शिक्षा स्वास्थसमाचार

विवाह मण्डपमै  प्रहरीले रोक्यो वाल विवाह

Gobal IME Bank

२६ मंसिर, उदयपुर । वाल विवाहलाइ सामाजिक अपराधको रुपमा लिइन्छ र यस्तो अपराध गर्नेलाई कानुनी कारवाही पनि हुने ब्यबस्था छ । यति हुदा हुदैपनि केहि ठाउँमा अझै वाल विवाह रोकिएको छैन । सरकारले विवाहको लागि उपयुक्त उमेर २० बर्ष तोके पनि हाम्रो समाजमा यो कुरा भने लागु भएको छैन । कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । यस्ता घटना अझ दुर्गम गाउँ तिर बढि हुने गरेको पाइन्छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह प्रहरीले रोक्न सफल भएको छ । त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग  रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवाह रोकिएको जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुरले गराएको छ । गोप्य सूचनाका आधारमा प्रहरीले विवाह मण्डपमै गएर विवाह रोकेको थियो । विवाहको लागि केटाको उमेर पुगे पनि केटीको उमेर भने नपुगेकाले २० बर्ष पछि मात्र विवाह गरिदिने सर्तमा नियन्त्रणमा लिइएका अभिभावकलाई घर जान दिइएको हो । यो भन्दा अघि वाल विवाह गरिदिने अभिभावकलाई यसै छोडीए पनि अब भने उनीहरुलाई कारवाही हुने प्रहरीले बताएको छ । जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको उहाँको भनाइ छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button