समाचार

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

Gobal IME Bank

काठमाडौँ, ५ पुस- प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको सहभागिता थियो।

यसैबीच संसद् विघटनपछि मुलुकमा उत्पन्न परिस्थितिका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने निष्कर्षका साथ नेपाल प्रहरीले मातहतका कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले शान्तिसुरक्षालाई मजबुत बनाउन सुरक्षा सतर्कताका लागि निर्देशन दिइएको जानकारी दिनुभयो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा आज प्रतिनिधिसभा विघटन गरिएपछि काठमाडौँ लगायत मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भएका छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button