Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने

file photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिन लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानुभएको हो ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो । सांसद पद खारेजीसंगै लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको सभापति पद पनि गुमाउनुभएको थियो ।

त्यसैले अहिले नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लामिछाने पुग्नुभएको हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button