शिक्षा स्वास्थ

सरकारले पहिलोपटक नवजात शिशुलाई भिटामिन के दिने- GoodNews24

Gobal IME Bank

 

काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिनु भएको छ । दुई वर्ष अघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउन देखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उहाँले बताउनु भएको छ । उहाँका अनुसार ६ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ । अन्तरराष्ट्रिय तथ्याङ्कमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशु मध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ । रक्तस्राबबाट शिशुहरुको मृत्यु समेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरि शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्क रुपमा ‘भिटामिन के’ दिन थालिएको हो । उहाँका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत रहेर ‘भिटामिन के’ कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button