मुख्य समाचारशिक्षा स्वास्थसमाचार

चुरोट छाडेको २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Gobal IME Bank

काठमाडौँ । पछिल्लो समय युवापुस्तामा चुरोट र भेप तान्ने फेशन जस्तै बनेको छ । सामान्य चियापसल देखी सार्वजनिक स्थलसम्म खुलेआम चुरोट सेवन गर्ने युवापुस्ता पनि प्रशस्त भेटिन्छ । यो चिन्ताको विषय हो । किनभने जब युवा चुरोट सेवन गर्न थाल्छ उसले आफ्नो स्वास्थ्यलाई हानि पुर्याउन थाल्छ ।

चुरोट छाडेको २० मिनेट पछि पुन चुरोट खाँदा जसरी मुटुको चाल तथा रक्तचाप बढ्ने गर्छ चुरोट खान छाडेको २० मिनेट पछि नै मुटुको चाल तथा रक्तचाप सामान्य अवस्थामा आउछ । यो सँगै शरीरका अन्य सिस्टम समेत आफसे आफ ठिक हुदै आउछ ।

२ घण्टा पछि
चुरोट खान छाडेको दुई घण्टा पछि शरीरले निकोटिनको खोजी गर्न थाल्छ । यस्तो अवस्थामा आलस्य हुने , तनाव हुने , निन्द्रा लाग्ने तथा के खाउ के खाउ अथवा भोक लाग्ने जस्ता समस्या हुन सक्छ ।

१२ घण्टा पछि
चुरोट छोडेको १२ घण्टा पछि शरीरमा कार्वन मोनोअक्साइडको लेभल विस्तारै कम हुँदै जान्छ । यसले रगतमा अक्सिजनको लेभल सामान्य अवस्थामा ल्याउन मद्धत गर्छ र शरीरको क्रियाकलाप समेत ठिक हुन्छ ।

२४ घण्टा पछि
चुरोट छोडेको २४ घण्टा पछि शरीरमा निकोटिनको मात्रा कम हुन थाल्छ । यसले हृदयघातको सम्भावना केही कम हुन्छ ।

४८ घण्टा पछि
चुरोट छाडेको ४८ घण्टा पछि शरीरको ब्रोन्कियल ट्युवको आमार मिल्न थाल्छ । यसले शरीरमा इनर्जी लेभल बढाउन मद्धत मिल्छ ।

३ दिन पछि
चुरोट छोडेको तीन दिन पछि शरीरबाट निकोटिन पूर्णरुपमा बाहिरिन्छ । यस अवधीमा टाउको दुख्ने, छटपटी लाग्ने, पसिना आउने तथा तनाव हुने जस्ता समस्याहरु हुन्छन् । यो अवधीमा चुरोटको लतमा फर्किन समेत मन लाग्छ । त्यसैले आत्मबल दह्रो बनाउन जरुरी हुन्छ ।

२ हप्ता पछि
चुरोट छाडेको दुई हप्ता पछि शरीरमा रक्तसञ्चार प्रक्रिया समान्य हुन थाल्छ । शरीरबाट ९० प्रतिशत सम्म निकोटिन बाहिर निस्किसकेको हुन्छ र फोक्सोले समेत सही तरिकाबाट काम गर्न थाल्छ ।

९ महिना पछि
चुरोट छोडेको नौ महिना पछि फोक्सोमा रहेको सारा विकारका बस्तुहरु बाहिर निस्कन्छ जसले गर्दा स्वासप्रस्वासमा समेत कुनै किसिमको समस्या हुदैन् ।

१ बर्ष पछि
चुरोट छाडेको एक बर्ष पछि मुटुजन्य रोग लाग्ने जोखिम ५० प्रतिशतले कम भएर जान्छ ।

५ बर्ष पछि
चुरोट छाडेको ५ बर्षपछि मुटु र फोक्सो चुरोट नखाने व्यक्तिको जस्तै सामान्य अवस्था आउछ । यसले मुटु तथा क्यान्सर रोगको सम्भावना पनि कम हुन्छ ।

१० बर्ष पछि
चुरोट छाडेको १० बर्ष पछि मुखको क्यान्सर, जिब्रोको क्यान्सर, घाँटीको क्यान्सर, फोक्सोको क्यान्सर, मिर्गौला क्यान्सर, पेन्क्रियाटिक क्यान्सर जस्ता गम्भीर रोग लाग्ने सम्भावना कम भएर जान्छ जसले गर्दा तपाईको उमेर थप १० बर्ष बढ्न मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button