शिक्षा स्वास्थसमाचार

के तपाई धुम्रपान गर्नुहुन्छ ? लाग्न सक्छन् यी ५ रोगहरु

Gobal IME Bank

धुम्रपान हाम्रो स्वास्थ्यको लागि एकदमै हानिकारक छ । यसले हाम्रो शरीरलाई नकरात्मक असर पुर्याउँदछ । त्यति मात्रै नभई बिरामीलाई रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक क्षमतामा कम गर्छ । हेरौं धुम्रपान गर्दा लाग्ने रोगहरु…

१.  क्रोनिक ब्रोनकाइटिस
क्रोनिक ब्रोनकाइटिसको विकासको लागि धुम्रपान एक नम्बरको जोखिम कारक हो । क्रोनिक ब्रोनकाइटिसका ९० प्रतिशत बिरामी धुम्रपानले हुने गरेको पाइएको छ ।

२. फोक्सोमा क्षति
धुम्रपानले श्वासनली र फोक्सोमा पाइने सानो हावाको थैलीलाई हानी, नोक्सान पुर्याउँछ । धुम्रपान नगर्नेभन्दा धुम्रपान गर्नेहरु दमजन्य रोगबाट मर्ने सम्भावना १२ देखि १३ गुणा बढी हुन्छ ।

३. स्ट्रोक
धुम्रपानले रक्तचाप बढाउँछ । त्यति मात्रै नभई रगतमा अक्सिजनको मात्रालाई झनै् घटाउँने काम गर्दछ । तंबाकूको धुँवामा ४ हजारभन्दा बढी रसायन विषाक्तहरु हुन्छन् । जुन फोक्सोमा जम्मा हुन्छ । त्यसैले धुम्रपानले स्ट्रोकको जोखिम दोब्बर बनाउँछ

४. मधुमेह
चुरोटमा भएको निकोटिनले शर्कराको स्तर बढाउँछ । जसले मधुमेहलाई अझ जटिल बनाउँछ ।

५. क्यान्सर
धुम्रपानको सबैभन्दा पहिलो असर भनेको क्यान्सर हुने हो । यस्को धुँवाले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । जसका कारण क्यान्सरको कोषिकाहरु मर्न सक्दैनन् । धुँवामा भएको विषले कोषिकाको डिएनएलाई क्षति वा परिवर्तन गर्न सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button