Saturday , 19 June 2021

कक्षा १-९ सम्मको वार्षिक परीक्षा चैत ५ गते र एसइई चैत ६ गतेभित्र -GoodNews24

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज मन्त्रालयमा विद्यालय सञ्चालकका प्रतिनिधिलाई आमन्त्रण गरी सो आग्रह गरिएको र त्यहीअनुसार प्रबन्ध हुने जनाउनुभयो । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने चैत ६ गतेदेखि सञ्चालन हुने तय भइसकेको छ ।

बैठकमा सहभागी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताउनुभयो । विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए । उहाँले सबै स्थानीय तहमा एकै सातामा वार्षिक परीक्षा सम्पन्न गराउन आगामी शैक्षिक सत्रमा पनि प्रबन्ध गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्रालयले यसअघि विभिन्न मुलुकका लागि विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सज लेटर हालका लागि रोक्काको निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle