एक्सपर्टका अनुसार यि पाँच कारण एयरकन्डिस्नरमा २४ घण्टा बस्नु हानिकारक हुन सक्छ।
गर्मी बढे सँगै प्राय मानिसहरु एयरकन्डिस्नरमा बस्न रुचाउने गर्छन् । अफिसहरुमा पनि कर्मचारीको सुविधाको एयर कन्डिस्नर राख्ने चलन बढि रहेको छ र घरमा पनि प्राय मानिसहरु एसिको नै प्रयोग गरिरहेका हुन्छन् । तर २४ घण्टा नै एसिको हावामा बस्दा हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । हाम्रो शरीरमा आउने पसिनाले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ तर दिनभर एसिको हावामा बस्दा हाम्रो शरीरबाट पसिना आउदैन । यसले गर्दा स्वेटिङको प्रकृतिक प्रोसेसमा वाधा उत्पन्न हुन्छ । यसको कारणले गर्दा हाम्रो छालामा समेत असर देखिन थाल्छ ।
यि हुन् एसिमा २४ घण्टा बस्दा देखिने स्वास्थ्य समस्याहरु:
१. शरीर दुख्नु
धेरै समय एसिमा बस्दा हाम्रो शरीर दुख्न् समस्या उत्पन्न हुन थाल्छ । चिसो हावाको कारणले गर्दा हाम्रो शरीरमा ऐठन महसुस हुन थाल्छ । यसको परिणाम स्वरुप हाम्रो शरीरको जोर्निहरुमा पिडा हुन थाल्छ । द कम्फर्ट एकेडेमीको रिसर्च अनुसार जोर्निमा पडिा हुने समस्या भएका मानिसहरु ज्यादा समय एसिको हावामा बस्दा उनीहरुको जोर्निमा समस्या अझ बढ्ने देखिएको थियो । जोर्निको समस्या भएका मानिसहरुको शरीर मौसमी बदलावलाई चाँडै अडप्ट गर्न सक्षम हुदैन त्यसैले एसिको हावामा बस्दा उनीहरुको जोर्निमा पिडा बढ्ने गर्छ ।
२. डिहाइड्रेसन
लामो समय एसिको हावामा बस्दा प्यास लाग्न कम हुन्छ । पानी पर्याप्त मात्रामा पिउदा हाम्रो शरीरमा डिहाइड्रेसनको समस्या हुदैन तर एसिको हावामा बसे पछि प्यास कम लाग्छ शरीरमा पानीको मात्रा पुग्दैन । शरीरमा पानी नपुगे पछि डिहाइड्रेसन हुन्छ र टाउको दुख्ने र माइग्रेनको समस्या पनि बढ्ने गर्छ ।
३. छाला सुख्खा
एयर कन्डिस्नरले हावालाई डि ह्युमिडिफाई गर्छ र यसको प्रभाव हाम्रो छालामा पनि पर्ने गर्छ । एसिको हावामा बस्दा हाम्रो त्वचाको मोइस्चराइजर कम हुदै जान्छ र त्वचा सुख्खा हुन थाल्छ । यदि तपाई एसिको हावामा बस्नु हुन्छ भने मोइस्चराइजरको प्रयोग दिनमा २, ३ पटक गर्नु आवश्यक हुन्छ ।
४.आँखामा सुख्खापन बढ्छ
धेरै समय सम्म एसिको हावामा बसेर कम्प्युटर वा ल्यापटपको स्क्रिन अगाडी बसेर काम गर्दा हाम्रो आँखामा पनि असर गर्छ । यसको कारणले गर्दा आँखामा सुख्खापनको समस्या आउने गर्छ । आँखा सम्बन्धि समस्या भएका मानिसहरु एसिको हावाबाट टाढा रहनु नै लाभदायक हुन्छ । एसिको हावामा लामो समय सम्म बस्दा आँखा पोल्ने, चिलाउने वा आँखामा पानी आउने जस्ता समस्या भए तुरुन्त डाक्टरको परामर्श लिने ।
५. आलस्यता
यदि तपाईलाई अफिसमा निद्रा आउने समस्या भई रहेको छ भने यो एसिको कारण पनि हुन सक्छ । चिसो हावाको कारण हाम्रो शरीरले आनन्द महसुस गरिरहेको हुन्छ र हामीलाई निद्रा लाग्न थाल्छ जसको कारण हामी काममा फोकस गर्न सक्दैनौ ।