अन्यसमाचार

कोरोनाका बहानामा कालोबजारी नगरौँ -GoodNews24

Gobal IME Bank

रूपन्देही । कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सरोकारवालाले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न गर्नुपर्ने बताउनुभयो । बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उहाँले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । अनावश्यक स्टक राखेर अभाव सृजना गर्न नहुने भन्दै उहाँले कृषिजन्य वस्तुमा समस्या नरहेको बताउनुभयो । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उहाँको भनाइ थियो ।

साक्षात्कारमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताउनुभयो । “सरकारले बजारलाई प्रभावकारीरुपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नु पर्छ”, उहाँले भन्नुभयो ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै उहाँले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनुपर्ने बताउनुभयो । एक्कासि मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button