समाचार

विश्वमा एक करोड ८४ लाख ७० हजार भन्दा बढी कोरोनाबाट निको- GoodNews24

Gobal IME Bank

१८ भदौ, (रासस ): विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८४ लाख ७० हजार २६५ व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी विश्वमा दुई करोड ६२ लाख ११ हजार ८८९ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बिहीबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६८ हजार ८० जनाको मृत्यु भएको छ ।

हाल विश्वमा ६८ लाख ७३ हजार ४४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५८३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६२ लाख ९१ हजार ६२७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ४७ हजार ९२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९० हजार १४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख १ हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख १० हजार ४०५ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २३ हजार ८९९ जनाको मृत्यु भएको छ । भारतमा ३८ लाख ५३ हजार ४०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख ७० हजार ४९२ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ४८६ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ६३ हजार ४३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८० हजार १७७ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९५९ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ३३ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७९ हजार ५६८ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ३४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ३० हजार ५९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५३ हजार ४५६ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ३८९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख १० हजार ९५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २४ हजार ९९० कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार ८१६ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ लाख ७९ हजार ५५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १९४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ३९ हजार १७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख १५ हजार ५३० कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ११८ जनाको मृत्यु भएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button