Thursday , 24 June 2021

पछिल्लो २४ घन्टामा ९१७ जना कोरोना संक्रमण मुक्त-GoodNews24

पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सहित नेपालमा हाल सम्म २४ हजार २०७ उपचार पछि निको भएका छन्। यस्तै अहिले सम्म देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । बुधबार १,११२ जना निको भएका थिए भने मंगलबार ७६८ निको भएका थिए । गएको सोमबार ५८८ जना निको भएका थिए ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ पुगेको छ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle